News Portal

प्रदेश २ मा बेटी पढाऊ, बेटी बचाऊ अभियान औपचारिक रूपमा सुरु

हिमाली संचार संवाददाता
७२७ पटक

जनकपुरधाम – प्रदेश २ सरकारले ल्याएको मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियानको शुक्रबार एक समारोहका बीच औपचारिक सुरू गरिएको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित एक समारोहका बीच मुख्यमन्त्री लालबाबु राउतले कार्यक्रमको औपचारिक शुभारम्भ गरेका हुन् ।

प्रदेश सरकारका मन्त्रीहरु, सभामुख, प्रदेशसभा सदस्यसहितको उपस्थितिमा भएको शुभारम्भ समारोहमा मुख्यमन्त्री राउतले यो कार्यक्रममा मुख्यमन्त्रीको नाम जोडिएपनि कार्यक्रममा सबैको सक्रिए सहभागिता आवश्यक रहेको बताए ।

उनले भौतिक पूर्वाधारको विकासले मात्र समग्र विकास सम्भव नरहेको उल्लेख गर्दै समाजिक रुपान्तरणको लागि यो कार्यक्रम कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्नु गरे ।

उनले बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रमको सबैतिरबाट साकारात्मक प्रतिक्रिया आइरहेको बताउँदै, सबैको सहयोगले कार्यक्रम उचाइमा पुग्ने उल्लेख गरे । प्रदेश सरकारले सय दिने कार्य योजना सार्वजनिक गरेको झन्डै पाँच महिनापछि कार्यक्रमको शुभारम्भ गरेको हो ।

सय दिने कार्य योजना सार्वजनिक कार्यक्रममा नयाँ जन्मिने छोरीहरुको शिक्षा बीमाको नीति ल्याउने र बीमा कम्पनीसँगको साझेदारीमा छोरीहरुको शिक्षा बीमा नीति ल्याउने सम्मको योजना रहेको छ ।

यस कार्यक्रम अन्तर्गत छोरीहरुलाई कसरी स्कुलमा भर्ना गर्न सकिन्छ र छोरीलाई कसरी स्कुलमा टिकाउन सकिन्छ त्यसतर्फ कार्यक्रम केन्द्रित रहने छ । सो योजनाको कार्यबिधिहरु निमार्ण भैरहेको र छिटै लागू हुनेछ ।

प्रदेश २ मा मात्र दुई लाख भन्दा बढी बालबालिका विद्यालय भन्दा बाहिर रहेको तथ्यांक छ । बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रमका लागि विशेष शिक्षा योजनासहितको कार्यक्रम ल्याएको मुख्यमन्त्रीको कार्यालयल जनाएको छ। अनलाइनखबर

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...