News Portal

प्रदेश २ मा बेटी पढाऊ, बेटी बचाऊ अभियान औपचारिक रूपमा सुरु

हिमाली संचार संवाददाता
७८३ पटक

जनकपुरधाम – प्रदेश २ सरकारले ल्याएको मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियानको शुक्रबार एक समारोहका बीच औपचारिक सुरू गरिएको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित एक समारोहका बीच मुख्यमन्त्री लालबाबु राउतले कार्यक्रमको औपचारिक शुभारम्भ गरेका हुन् ।

प्रदेश सरकारका मन्त्रीहरु, सभामुख, प्रदेशसभा सदस्यसहितको उपस्थितिमा भएको शुभारम्भ समारोहमा मुख्यमन्त्री राउतले यो कार्यक्रममा मुख्यमन्त्रीको नाम जोडिएपनि कार्यक्रममा सबैको सक्रिए सहभागिता आवश्यक रहेको बताए ।

उनले भौतिक पूर्वाधारको विकासले मात्र समग्र विकास सम्भव नरहेको उल्लेख गर्दै समाजिक रुपान्तरणको लागि यो कार्यक्रम कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्नु गरे ।

उनले बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रमको सबैतिरबाट साकारात्मक प्रतिक्रिया आइरहेको बताउँदै, सबैको सहयोगले कार्यक्रम उचाइमा पुग्ने उल्लेख गरे । प्रदेश सरकारले सय दिने कार्य योजना सार्वजनिक गरेको झन्डै पाँच महिनापछि कार्यक्रमको शुभारम्भ गरेको हो ।

सय दिने कार्य योजना सार्वजनिक कार्यक्रममा नयाँ जन्मिने छोरीहरुको शिक्षा बीमाको नीति ल्याउने र बीमा कम्पनीसँगको साझेदारीमा छोरीहरुको शिक्षा बीमा नीति ल्याउने सम्मको योजना रहेको छ ।

यस कार्यक्रम अन्तर्गत छोरीहरुलाई कसरी स्कुलमा भर्ना गर्न सकिन्छ र छोरीलाई कसरी स्कुलमा टिकाउन सकिन्छ त्यसतर्फ कार्यक्रम केन्द्रित रहने छ । सो योजनाको कार्यबिधिहरु निमार्ण भैरहेको र छिटै लागू हुनेछ ।

प्रदेश २ मा मात्र दुई लाख भन्दा बढी बालबालिका विद्यालय भन्दा बाहिर रहेको तथ्यांक छ । बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रमका लागि विशेष शिक्षा योजनासहितको कार्यक्रम ल्याएको मुख्यमन्त्रीको कार्यालयल जनाएको छ। अनलाइनखबर

प्रतिकृया दिनुहोस्

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...