News Portal

ललितकला थेरापी प्याकेजको माग गर्दै नगेन सिंह ठकुरीको टोलीले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा कलाकारको ध्यानाकर्षण !

हिमाली संचार संवाददाता
६१३ पटक
२०७७ जेठ ७, बुधवार

पोखरा – कोरोनाको असर हेरी चरणबद्ध रुपमा “ललितकला थेरापी” प्याकेज ल्याइनु पर्ने माग गर्दै विश्वकला यात्री प्राज्ञ नगेन सिंह ठकुरी, प्रताव बानियाँ, सुवास भण्डारी र प्रकाश पुनले जिल्ला प्रशासन कार्यालय कास्कीमा ज्ञापन पत्र बुझाउनु भएको छ।

ज्ञापनपत्र बुझ्दै कार्यालय प्रमुख चित्राङगत बरालले नेपाल आँफै कला संस्कृतिको धनि देश हो। पहिले देखि नै कला संस्कृतिको देश भनेर चिनिएको थियो तसर्थ विभिन्न सुझाव सहितको ज्ञापनपत्र प्रधानमन्त्रीकोमा पठाईदिने बचन व्यक्त गर्नु भयो।

ज्ञापन पत्रमा हरेक सरकारी विद्यालयमा अनिवार्य ललितकलाको कला गुरु राख्नु पर्ने, विभिन्न श्रोत मार्फत उठेको करबाट निश्चित प्रतिशत ललितकलामा लगाउनु पर्ने, हरेक सरकारी कार्यालयमा अनिवार्य एक कलाकृति राखिनु पर्ने, नेपालका कलाकारहरुको कलाकृतिहरु बैंकमा धितो राखेर ऋण सविधा उपलब्ध गराउनु पर्ने मागहरु रहेका छन्।

सो ज्ञापनपत्र प्रताव बानियाँले वाचन गरेर प्रशासन प्रमुख चित्राङगत बराललाई सुनाउनु भएको थियो।

ज्ञापनपत्र यसप्रकार रहेको छ:-

सम्माननिय प्रधानमन्त्री ज्यु ,
सिंहदरबार, काठमाण्डौ। मार्फत
श्रीमान प्रमुख जिल्ला अधिकारी ज्यू
जिल्ला प्रशासन कार्यालय, कास्की।

ज्ञापन पत्र

सम्माननिय राष्ट्रपति विद्यादेवी भण्डारी ज्युले यहि जेष्ठ २ गते २०७७ मा संघीय संसदको संयुक्त बैठकमा सार्वजनिक गर्नु भएको आर्थिक वर्ष २०७७/७८को नीति तथा कार्यक्रममा हाम्रो ध्यानाकर्षण भएको छ। आगामि आर्थिक वर्षको बजेट पुर्ण रुपमा कोभिड–१९ ले जनमानसमा पुर्र्याएको असरको आधारमा आत्मबल पुनरुत्थानमा केन्द्रित हुनुपर्दछ। कोरोनाको असर हेरी चरणबद्ध रुपमा “ललितकला थेरापी” प्याकेज ल्याइनु पर्दछ।
स्मरण रहोस्, २०७२ बैशाख १२ गते विनासकारी महा भुकम्प गएको बेला ललितकलाकर्मीहरुले “ललितकला थेरापी” कार्यक्रमहरु सञ्चालन गरेर भुकम्पले डराएका, तर्साएका, भत्काएका मन, मुटु, मस्तिष्कहरुलाई सामान्य स्थितिमा फर्काउन महत्वपुर्ण कार्य गरेको जगजाहेर नै छ। सो कार्य ललितकलाकर्मीहरुले स्वत स्फुर्त रुपमा गरेका थिए। अहिलेको वर्तमान परिप्रेक्षमा फेरी बन्दाबन्दीको अवस्थामा वा खुलेसंगै ललितकला थेरापीको आवश्यकता पर्ने टट्कारो रुपमा देखिन्छ।
तसर्थ हरेक सरकारी विद्यालयहरुमा एक ललितकला शिक्षकको दरवन्दि राख्नरपर्ने निति तथा कार्यक्रममा राख्न प्रधानमन्त्रीज्युसंग अनुरोध गर्दछौ। यसै त भर्ना अभियान भनेर धर्म छोरा छोरी भन्दै सरकारी विद्यालयमा भर्ना भएका छोरा छोरीलाई ललितकला शिक्षण पद्धतिबाट बन्चित पनि भएननी !
कला थेरापी बिद्यार्थीहरुमा मात्र नभई सबै जनमानसमा पनि उत्तिकै आवश्यक भएको स्थिति छ। जनताहरु सरकारी कार्यालयमा कार्यालय प्रमुख, उपप्रमुखहरुलाई भेट्न प्रतिक्षा कोठामा बसिरहेका जनताहरु क्ला हेरेर मन बहलाउछन्। तसर्थ हालको नीति तथा कार्यक्रममा घनिभुत भएर निम्न कुराहरु समावेश गरिनु पर्दछ।

१) शिक्षा प्रदान गर्ने दायित्व राज्यको हो। नेपालको संविधानले मौलिक हकको रुपमा व्यवस्था गरेको निशुल्क तथा अनिवार्य शिक्षा सम्वन्धि अधिकार दिगो विकास लक्ष्य र सबैको लागि शिक्षा अभियानले सुनिश्चित गरेको शिक्षा सम्वन्धि व्यवस्थाहरु कार्यान्वयन गर्न स्थानिय, प्रादेशिक तथा संघिय सरकारद्धारा आ–आफ्नो तर्फबाट गम्भीर रुपमा ध्यान दिई हरेक सरकारी विद्यालयमा अनिवार्य ललितकलाको कला गुरु राखियोस्।

२) ललितकला संग्रालय तथा विभागका लागि केन्द्र, प्रदेश र स्थानिय तहले आपसमा समन्वय गरि विभिन्न श्रोत मार्फत उठेको करबाट निश्चित प्रतिशत ललितकलामा लगाईयोस् र हरेक सरकारी कार्यालयमा अनिवार्य एक कलाकृति राखियोस्।

३) नेपालका कलाकारहरुको कलाकृतिहरु बैंकमा धितो राखेर ऋण सविधा उपलब्ध होस्।

प्रधानमन्त्रीज्यु, हजुरको स्वास्थ्य चाँडै निको होस र हजुरकै पालामा नेपालले विश्वमा ललितकला डायमण्ड युगको देश भई हाम्रा सन्ततिले गर्व गर्न सकुन।
“जय कला क्रान्ति”
आशावादि नागरिकहरु:
विश्वकला यात्री प्राज्ञ नगेन सिंह ठकुरी – ९८०२८३७१३६,
प्रताव बानियाँ,
सुवास भण्डारी,
प्रकाश पुन (कास्की)

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...