News Portal

मानसरोवर जान काठमाडौं आइपुगे भारतीय कांग्रेसका अध्यक्ष गान्धी

हिमाली संचार संवाददाता
६१४ पटक

काठमाडौं – भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी शुक्रबार काठमाडौं आएका छन् ।

कैलाश मानसरोवर यात्रामा जाने क्रममा कांग्रेस अध्यक्ष शुक्रबार अपराहृन काठमाडौं आएका हुन् । गान्धी १२ सेप्टेम्बरमा दिल्ली फर्कने कार्यक्रम रहेको कांग्रेसका अधिकारीहरुलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरुले जनाएका छन् ।

कर्नाटक विधानसभा चुनावको प्रचारका क्रममा २६ अप्रिलमा गान्धी चढेको जहाज आपतकालीन अवतरण गर्नु परेको थियो । त्यसको केही दिनपछि नै उनले पार्टीले अनुमति दिए कैलाश मानसरोवारको यात्रामा जाने बताएका थिए ।

पछिल्लो समय सत्तारुढ भारतीय जनता पार्टीले गान्धीलाई ‘हिन्दु विरोधी’ का रुपमा चित्रण गर्दै आएको छ । आफू ‘शिवभक्त’ भएको दावी गदर्ैै आएका गान्धीले भाजपालाई जवाफ दिन पनि कैलाश मानसरोवर जाने लागेको मानिएको छ ।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...