
राजकुमार राई -समाजवादी बिधार्थी युनियन भोजपुर जिल्ला समिती सदस्य मन्जु राईको असमायिक निधन भएको छ। । उहाको निधनले पार्टी र बिद्यार्थी सङठनमा ठूलो क्षती पुगेको छ । भोजपुर नगरपालिका ११ स्थायी घर भई केही दिनदेखि फोक्सोको बिरामीले ग्रसित मन्जु राई उपचारकै क्रममा काठमाडौंको मेट्रो हस्पिटलमा मिति २०७७/२/४ गते निधन भयो।
उहाँको पार्थिक शरीरलाई काठमाडौंदेखि भोजपुर ल्याई , आफ्नो परम्पराअनुसार अन्त्येष्टि गरियो । जनता समाजवादी विद्यार्थी युनियन भोजपुर जिल्ला सदस्य समेत रहनुभएका मन्जु राईलाई पार्टी जिल्ला अध्यक्ष आशकुमार राईले गहिराे दुख ब्यक्त गर्दै शोकाकुल परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस भन्दै मृतक मन्जु राईलाई हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्नुभयाे ।
