News Portal

डब्लूएचओलाई ट्रम्पको ३० दिने अल्टिमेटम

हिमाली संचार संवाददाता
६१२ पटक
जेष्ठ ६ २०७७

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)लाई  ३० दिनभित्र ठूलो सुधार नगरे विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको सहयोग सधैँका लागि रोक्ने चेतावनी दिएका छन् ।

सोमबार राति प्रेस मिटका क्रममा राष्ट्रपति ट्रम्पले डब्लूएचओका महानिर्देशक डाक्टर ट्रेडोस एडहानोम गेहब्रेयससलाई संगठनको सुधारका लागि ३० दिनको समयसीमा तोकेका हुन् । यदि तीस दिनभित्र संगठनको कार्यशैलीमा बदलाव नल्याए स्थायी रुपमा सहयोग रोक्ने चेतावनी उनले दिएका छन् । ट्रम्पले महानिर्देशक ट्रेडोसलाई लेखेको पत्र ट्वीटमार्फत सार्वजपनक गरेका छन् ।

चीनको प्रशंसा गरेकोप्रति डब्लूएचको आलोचना गरेको भन्दै ट्रम्पले लेखेका छन्, ‘यो स्पष्ट छ कि तपाईँ र तपाईँको संगठनले बारम्बार चालेका कदमको मूल्य विश्वले चुकाउनु परेको छ । विश्व स्वास्थ्य संगठनका लागि उटा मात्र बाटो भनेको वास्तवमै चीनको दबाबमा नआई काम गर्नु हो ।’

ट्रम्पले भनेका छन्, ‘मेरो सरकारले संगठनको सुधार गर्ने भन्नेबारेमा तपाईंसँग छलफल सुरु गरिसकेको छ तर छिटोभन्दा छिटो कदम चाल्नुपर्ने आवश्यकता छ । हामीले समय खेर फाल्नु हुँदैन ।’ अमेरिकाले डब्लूएचओलाई वार्षिक रुपमा ४ सय देखि ५ सय मिलियन अमेरिकी डलरसम्म सहयोग गर्दै आएको उल्लदे गर्दै ट्रम्पले चीनले ‘मात्रै ४० मिलियन’ सहयोग गर्ने गरेको बताए ।

यसैबीच चीनले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई २ अर्ब अमेरिकी डलर सहयोग प्रदान गर्ने भएको छ । उक्त रकम दुई वर्षभित्र प्रदान गर्ने निर्णय भएको चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार बताएका छन् । विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ नियन्त्रण तथा न्यूनीकरणका लागि संयुक्त राष्ट्रसंघीय निकायलाई चीनले उक्त रकम सहयोग गरेको सीको भनाइ छ । विश्व स्वास्थ्य सम्मेलनका क्रममा राष्ट्रपति सीले कोरोना भाइरससम्बन्धी सम्पूर्ण विवरण चीनले डब्लूएचओ र अन्य देशहरूलाई उपलब्ध गराउने पनि जानकारी दिएका छन् ।

‘हामी कोरोना भाइरस नियन्त्रण र उपचारसम्बन्धी आफ्ना अनुभव सबैलाई बाँड्न चाहन्छौं, हामीले हाम्रो स्रोत र शक्ति पनि वितरण गर्न चाहन्छौं, सीले भने । संगठनलाई अमेरिकाले यसअघि दिँदै आएको सहयोग कटौती गरेका बेला चीनले भने सहयोगको हात फैलाएको हो ।

अमेरिकाले सहयोग कटौती गर्ने घोषणा गरेपछि विश्वभरबाट आलोचना भएको थियो । विश्वव्यापी महामारीका कारण संगठनलाई अहिले अझ धेरै आर्थिक सहयोगको आवश्यकता रहेको भन्दै संगठनले सहयोगका लागि अपिल गर्दै आएको छ ।

 

प्रतिकृया दिनुहोस्

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...