News Portal

बन्चरोले हानेर बाबुको हत्या

हिमाली संचार संवाददाता
३१० पटक
जेष्ठ ६ २०७७

इलाम — इलाममा एक युवतीले बन्चरो प्रहार गरी बाबुको हत्या गरेकी छन् । देउमाई नगरपालिका वडा नम्बर ६ शान्तिडाँडाकी सुष्मा राईले सोमबार राति ५२ वर्षका बाबु फूलबहादुर राईको हत्या गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मंगलबारेका प्रहरी निरीक्षक राजकिशोर साहका अनुसार घरायसी विवादका क्रममा सुष्माले बाबुमाथि बन्चरो प्रहार गरेको पाइएको छ ।

प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धानमा जुटेको उनले बताए । घटनास्थलमा भेटिएका प्रमाणहरु जुटाउने र मुचुल्का गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । बन्चरो प्रहारका कारण ठूलो चोट देखिएको र अत्यधिक रक्तश्राव भएको पाइएको प्रहरीले जनाएको छ ।

घटनापछि गाउँमै लुकेर बसेको अवस्थामा प्रहरीले सुष्मालाई पक्राउ गरेको छ । शवको पोष्टमार्टम र अरु अनुसन्धानको काम गर्ने तयारी भइरहेको साहले बताए ।

 

प्रतिकृया दिनुहोस्

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं, ८ माघ — अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ बिहीबार घटेको छ।...

आज २०८२ साल माघ ८ गतेको राशिफल

आज माघ ८, २०८२ (जनवरी २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

४५ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

काठमाडौं उपत्यकामा हराएका ५० मोटरसाइकल र स्कुटर फेला, मालिकलाई फिर्ता

काठमाडौं, ७ माघ – काठमाडौं उपत्यकामा हराएका वा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर...