News Portal

सुदुरपश्चिमा आरडीटी टेस्टमा १२ जनामा देखियो कोरोना पोजिटिभ

हिमाली संचार संवाददाता
४६४ पटक
जेष्ठ ५, २०७७

कैलाली – सुदुरपश्चिम प्रदेशमा  कोरोनाभाइरस सङ्क्रमणको आरडीटी विधिबाट गरिएको परीक्षणमा १२ जनामा कोरोना पोजिटिभ देखिएको छ । सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा आरडीटी विधिबाट गरिएको परीक्षणमा १२ जनामा कोरोना १९ पोजिटिभ देखिएको हो ।

उनीहरुको स्वाव संकलन गरी पिसिआर विधिबाट जाच गर्ने कार्य भइरहेको जनाएको छ । १८ हजार ८५९ जनामा आरडिटी परिक्षण गर्दा १८ हजार ८४७ जनाको रिपोट नेगेटिभ छ भने १२ जनामा मात्र पोजिटिभ देखिएको छ ।

सामाजिक विकास  मन्त्रालय अन्र्तगत स्वास्थ्य निर्देशनालय डोटीले आज गरिएको कोभिड १९ को मिडिया ब्रिफिङ्गमा सो कुरा को जानकारी दिएको हो । त्यसै गरी विभिन्न अस्पतालमा कोभिड १९ को आशंकामा १५ जनालाई आइसोलसनमा राखी उपचार भइरहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह काक्रीले बताए ।

सेती प्रादेशिक अस्पताल धनगढीमा ५ ,टिकापुर अस्पतालमा ४,  जिल्लाअस्पताल बझाङ्गमा १  ,डोटी १ ,बाजुरा ३ ,डडेल्धुरा अस्पतालमा १ जना गरी १५ जना को आईसोलेसनमा उपचार भइरहेको उनले बए ।

यसअघि नै १५४ जना भने आइसोलेसनको उपचार पछि निको भई घर गइसकेको उनले बताए । पिसिआर विधिवाट ३८३७ स्वाव संकलन गरिएको मध्ये ३६४३ को जाच गरिएको स्वास्थ्य महाशाखा प्रमुख काक्रीले रातोपाटी लाई जानकारी दिए । जाच गरिएका नमुना मध्ये ३६३८ जना को नतिजा नेगेटिभ छ भने ५ जनामा मात्र पोजिटिभ आएको उनले बताए ।

यसअघि नै पोजिटिभ ५ जना निको भएर घर गइसकेका छन उनले भने अझै पनि १६६० जना क्वारेन्टाइनमा छन् । जस मध्ये १४९२ जना पुरुष छन भने १६८ जना महिला रहेको उनले बताए ।

 

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...