News Portal

धनकुटा बजार क्षेत्र सिल , सेना परिचालन गर्ने तयारी

हिमाली संचार संवाददाता
३८१ पटक
२०७७ जेठ ५ सोमवार

धनकुटा । धनकुटा अस्पतालमा कार्यरत एक महिला स्वास्थ्यकर्मीमा आईतबार कोरोना संक्रमण पुष्टि भएपछि सोमबारबाट धनकुटा बजार क्षेत्र सिल गर्ने तयारी भएको छ । आईतबार राती आकस्मिक रुपमा बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले धनकुटा अस्पतालसहित आसपासको बजार क्षेत्र सिल गरेर उच्च सर्तकता अपनाउने निर्णय गरेको छ ।

धनकुटा स्थित सब्जिलाइन, बसपार्क, जिरोपोईन्ट, परिचयमोड, यलम्बर चौक, मधुगंगा सिनेमा हल र त्रिवेणी चौक क्षेत्र सिल गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जयराम श्रेष्ठले बताए । अस्पतालसहित आसपासको बजार क्षेत्र अर्को सूचना जारी नभए सम्म सिल गर्ने  निर्णय भएको हो । श्रेष्ठका अनुसार ‘संक्रमण रोकथाम नियन्त्रणका लागि बजार क्षेत्र सिल भएको क्षेत्रमा नेपाली सेना सहितको सुरक्षाकर्मी परिचालन गर्ने निर्णय भएको हो। 

संक्रमितलाई सोमबार बिहान बिराटनगर स्थित कोरोना बिशेष अस्पताल लैजाने तयारी रहेको छ । ३४ बर्षीया संक्रमित महिला अहिले जिल्ला अस्पताल धनकुटाको आईसोलेशनमा राखिएको छ । त्यस्तै कोरोना संक्रमितको सम्पर्कमा पुगेकाहरुको पनि पीसीआर परीक्षण गरिने भएको छ । संक्रमितको कन्ट्राक ट्रेसिङ हुने छ। 

संक्रमित महिला लकडाउनको अवधिमा अन्यत्र जिल्ला बाहिर नगएको उनी नियमित रुपमा आफ्नै काममा रहेको हुनाले अन्य संक्रमित बिरामी मार्फत उनमा कोरोना संक्रमण फैलिएको हुनसक्ने अनुमान गरेका छन्। 

प्रतिकृया दिनुहोस्

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं, ८ माघ — अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ बिहीबार घटेको छ।...

आज २०८२ साल माघ ८ गतेको राशिफल

आज माघ ८, २०८२ (जनवरी २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

४५ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

काठमाडौं उपत्यकामा हराएका ५० मोटरसाइकल र स्कुटर फेला, मालिकलाई फिर्ता

काठमाडौं, ७ माघ – काठमाडौं उपत्यकामा हराएका वा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर...