News Portal

रौतहटमा धेरैजसो संक्रमित भारतबाटै आएका

हिमाली संचार संवाददाता
४९४ पटक
जेष्ठ ५, २०७७

रौतहट — मजदुरीका लागि भारत जानुपर्ने बाध्यता नै यति बेला जिल्लावासीमा कोरोना संक्रमणको मुख्य कारण देखिएको छ । यहाँ अहिलेसम्म कोरोनाका २१ बिरामी फेला परेका छन् । तीमध्ये धेरैजसो भारतबाट फर्किएकाहरू नै छन् ।

आइतबार र सोमबार रौतहटमा १८ जना संक्रमित भेट्टिएका छन् । तीमध्ये १७ जना भारतबाटै आएका हुन् । सोमबार ईशनाथ नगरपालिकाका सात जनामा कोरोना पुष्टि भएको छ । संक्रमित अर्की महिला माधवनारायण नगरपालिकाकी हुन् । उनी भने भारत गएकी होइनन् ।

ईशनाथका संक्रमित तीन जना मुम्बईबाट, दुई जना दिल्ली तथा एक–एक हरियाणा र कानपुरबाट आएका हुन् । उनीहरू देश आइपुग्नासाथ सोझै क्वारेन्टाइनमा बसेका हुन् । संक्रमितहरू वैशाख २५, ३१ र जेठ १ गते क्वारेन्टाइनमा आएको ईशनाथ नगरपालिकाका स्वास्थ्य शाखा सहायक शशि पटेलले बताए ।

‘भारतबाट विभिन्न माध्यमबाट सीमाक्षेत्र आएर चोरबाटो नेपाल प्रवेश गरेका उनीहरू घर नगई सिधै क्वारेन्टाइन आएका थिए,’ उनले भने, ‘संक्रमितहरू समुदायमा गएका छैनन् । उनीहरूको स्वास्थ्य अवस्था सामान्य छ ।’ ईशनाथको जनता मावि क्वारेन्टाइनमा अहिले भारतबाट आएका ४८ जना छन् । तीमध्ये २७ जनाको शुक्रबार पीसीआर टेस्टका लागी स्वाब लगिएकोमा आइतबार १० जनामा कोरोना पुष्टि भएको थियो । .तीन जनालाई आइतबारै गौरस्थित अस्पतालको आइसोलेसन वार्डमा लगिएको छ । यो नगरमा संक्रमितको संख्या ११ पुगेको छ । सबैभन्दा पहिला भेटिएका एक जना वीरगन्जमा उपचार गराइरहेका छन् ।

सोमबार कोरोना पुष्टि भएकी माधवनारायण–२ की महिला पनि वैशाख २६ देखि क्वारेन्टाइनमा थिइन् ।भारतमा मजदुरी गर्न गएका उनका बहिनी ज्वाइँ वैशाख २५ गते ससुराली आएपछि उनीसहित परिवारका १३ सदस्यलाई क्वारेन्टाइनमा राखेर पीसीआर टेस्टका लागि स्वाब पठाइएको थियो । तर भारतबाट आएका पुरुष, उनकी पत्नी र दुईमहिने बालकको रिपोर्ट नेगेटिभ आएको छ ।

जेठीसासूमा भने संक्रमण देखिएको हो । उनको एक वर्षकी काखे छोरी र अर्की १० वर्षकी छोरी छिन् । दुवैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य संयोजक प्रमोदकुमार साहले बताए । यहीँ बसेकी महिलालाई संक्रमण भएको देख्दा आफूहरू आश्चर्यमा परेको उनले सुनाए ।

 

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...