News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • फुड प्वाइजनिङ नहोस् भन्न…

    ४०१ पटक

    काठमाडौँ — अहिले गर्मी याममा फुड प्वाइजनिङ अर्थात् खाद्य विषाक्तता सबैभन्दा बढी हुने स्वास्थ्य समस्या हो । नामबाटै प्रस्ट छ । यो रोग खानाका कारण हुने गर्छ । प्रदूषित, बासी खाद्य पदार्थ खाँदा यो समस्या उत्पन्न हुन्छ ।

     

    गर्मी याममा पकाइएका वा अरू खाद्य पदार्थमा ब्याक्टेरियाले बढी आक्रमण गर्ने गर्छ । अनि त्यस्ता वस्तु खाँदा स्वास्थ्य बिग्रिने गर्छ । त्यसैले सधैं ताजा खाना खानुपर्छ । बासी खाद्य पदार्थमा सबैभन्दा बढी ब्याक्टेरिया उत्पन्न हुन्छ, चाहे त्यो फ्रिजमा राखिएकै किन नहोस् ।

    खानालाई फ्रिजमा धेरै दिनसम्म राखेर खानु हुँदैन । फ्रिजमा राखिएका खानेकुरा खानुभन्दा अघि गन्हाए–नगन्हाएको सुनिश्चित गर्नैपर्छ । पकाएको खाना सदैव सुरक्षित हुन्छ । खाना पकाउँदा ब्याक्टेरिया सजिलै मर्छ । यसैले खाद्य विषाक्तताबाट बच्न खानालाई राम्ररी पकाउनुपर्छ । मुख्य रूपमा अन्डा, चिकेन, मटनजस्ता मांसाहारी खाद्य पदार्थ राम्ररी पाकेको हुनुपर्छ ।

    हामीले पकाएको भोजनलाई दुई घण्टाभन्दा बढी राख्नुहुन्न । यसलाई उचित समयमै खानुपर्छ वा उपयुक्त तापक्रममा राम्ररी संरक्षित राख्नुपर्छ ।

    सागसब्जी, अन्डा, माछामासु लगायतका काँचो भोजनलाई छुनुभन्दा अगाडि साबुन पानीले हात धोएको हुनुपर्छ । हात राम्ररी धोएपछि मात्र खाना पकाउन सुरु गर्नुपर्छ । माछामासुजस्तो काँचो भोजन तयार पार्दा फरक चपिङ बोर्डको उपयोग गर्नु आवश्यक मानिन्छ ।

    भान्सा कोठामा उपयोग गरिने तौलिया, तातो भाँडो समाउने लुगाफाटो आदिलाई नियमित रूपमा धोएर, घाममा राम्ररी सुकाएर मात्र प्रयोग गर्नुपर्छ । दिसापिसाब गरेपछि, नाक सफा गरेपछि र जनावरलाई छोएपछि पनि साबुनपानीले हात धुनुपर्छ ।

    खाद्य विषाक्तता हुँदा वान्ता, वाकाकी, पानीजस्तै वा रक्तमिश्रित पखाला, पेट दुखाइ, ज्वरो आदि समस्या देखिन सक्छ । यसमा समय खेर नफाली तुरुन्त चिकित्सकीय सल्लाह आवश्यक हुन्छ ।

    खाद्य विषाक्तता नहोस् भन्न हामीले सागसब्जी र फलफूल राम्ररी धोएर राख्नुपर्छ ।

     

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज चैत्र २०, २०८१ (अप्रिल २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    तीन सवारी दुर्घटनामा तीन जनाको मृत्यु

    चैत्र १९, काठमाडौँ – डोटी, सिराहा र कैलाली जिल्लामा छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको ज्यान...

    कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यको रिट न्यायाधीश चुडाल र पाण्डेयको इजलासमा

    काठमाडौं, चैत्र १९ – नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र हालका कार्यकारी निर्देशक...

    पश्चिम बंगालमा ग्यास सिलिण्डर विस्फोट हुँदा ७ जनाको मृत्यु भएको छ।

    भारत, चैत्र १९ – पश्चिम बंगालस्थित दक्षिण २४ परगना जिल्लाको पाथरप्रतिमामा ग्यास सिलिण्डर विस्फोट हुँदा...

    सभामुख देवराज घिमिरेसँग आज रवि लामिछानेको भेटवार्ता

    काठमाडौं, चैत्र १९ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग...