News Portal

वरिष्ठ कलाकार हरिप्रसाद रिमालको निधन

हिमाली संचार संवाददाता
५६७ पटक

भाद्र १५, काठमाडौँ – वरिष्ठ कलाकार एवं रेडियो नेपालका पहिलो गायक तथा नाट्य धरोहर हरिप्रसाद रिमालको ९२ वर्षको उमेरमा आज बिहान उनकै निवासमा निधन भएको छ।

रिमालको पार्थिव शरीरलाई अहिले अन्तिम श्रद्धाञ्जलीका लागि नयाँ बानेश्वरस्थित निवासमा राखिएको र आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने चलचित्र निर्देशक सम्राट सापकोटाले जानकारी दिए।

नाटककार स्व.बालकृष्ण समको मुकुन्द इन्दिरामा १४ वर्षको उमेरमा अभिनय शुरु गरेका रिमालले चलचित्र आमाबाट नेपाली चलचित्रमा अभियन यात्रा शुरु गरेका थिए ।

उनको विसं ००७ मा रेडियो नेपालबाट प्रसारण गरिएको ‘मेरो दिल टुक्रा टुक्रा…’बोलको गीत गाएर प्रथम गायकको रूपमा स्थापित भएका थिए। उनले गाएको ‘बिना बादल असिना झर्‍यो’,’फगत एक नजरमा’जस्ता दर्जनौँ सदाबहार गीत चर्चित छन्।

विसं १९८२ असोज ३ गते शुक्रबार पिता घनश्याम रिमाल र माता मोहनकुमारी रिमालको सुपुत्रका रूपमा काठमाडौंको लगनटोलमा जन्मिएका रिमालको योगदान रेडियो नाटकदेखि नेपाली रङ्गमञ्च र चलचित्र क्षेत्रसम्म अविष्मरणीय रूपमा फैलिएको छ । उहाँका दुई छोरा,एक छोरी छन्।(रासस)

प्रतिकृया दिनुहोस्

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...