News Portal

जेठ २० गतेसम्म लकडाउन लम्बियो, ११ जना नयाँ संक्रमित थपिए

हिमाली संचार संवाददाता
४४७ पटक
२०७७ जेठ ४, आईतबार

काठमाडौं – आज बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन्।

यसअघि बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो। उच्चस्तरीय समितिको बैठकले क्वारेन्टाइनस्थल थप गर्दै जाने, शान्ति सुरक्षालाई प्रभावकारी बनाउने, आपूर्ति व्यवस्था चुस्त दुरुस्त पार्ने निर्णय पनि बैठकले गरेको छ।

सरकारले लागू गरेको लकडाउनको समयसीमा सोमबारदेखि सकिन एक दिन अगाबै सरकारले लकडाउन थपेको हो। सरकारले चैत ११ देखि लकडाउन लागू गरेको थियो। नेपालमा कोरोना संक्रमितको संख्या २ सय ९५ पुगेको छ।

मन्त्रालयको अनुसार नेपालमा हालसम्ममा २८ हजार १ सय ६० जनाको पीसीआर परीक्षण गरिएको मध्ये २७ सय ९२ संक्रमित भएको पुष्टि भएको हो भने पीसीआर परीक्षण मध्ये २७ हजार ८ सय ६८ जना सक्रमण देखिएन।

आज ११ जना नयाँ संक्रमित थपिएको छ। आरडीटीबाट ६७ हजार ७ सय ६९ जनाको परीक्षण गरिएको छ। आजसम्मको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेको तथ्याङ्कमा १८ हजार ३ सय ५७ जना क्वारेन्टाइनमा रहेको, ३ सय ४६ जना आइसोलेसन रहेको र ३६ जना निको भएको उल्लेख छ।

विश्वभरमा ४४ लाख ९४ हजार ८ सय ७३ जनामा संक्रमित देखिएको छ। ३ लाख ५ हजार ९ सय ७६ जना कोरोनाबाट मृत्यु भएको विश्व स्वास्थ्य संगठनले बताएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ८ गतेको राशिफल

आज माघ ८, २०८२ (जनवरी २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

४५ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

काठमाडौं उपत्यकामा हराएका ५० मोटरसाइकल र स्कुटर फेला, मालिकलाई फिर्ता

काठमाडौं, ७ माघ – काठमाडौं उपत्यकामा हराएका वा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर...

निर्वाचनको प्रचारमा सामाजिक सञ्जालको दुरुपयोग गरिए कारबाही हुने

काठमाडौ – निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गर्न बसेको बैठकले प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय...