News Portal

जेठ २० गतेसम्म लकडाउन लम्बियो, ११ जना नयाँ संक्रमित थपिए

हिमाली संचार संवाददाता
४९८ पटक
२०७७ जेठ ४, आईतबार

काठमाडौं – आज बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन्।

यसअघि बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो। उच्चस्तरीय समितिको बैठकले क्वारेन्टाइनस्थल थप गर्दै जाने, शान्ति सुरक्षालाई प्रभावकारी बनाउने, आपूर्ति व्यवस्था चुस्त दुरुस्त पार्ने निर्णय पनि बैठकले गरेको छ।

सरकारले लागू गरेको लकडाउनको समयसीमा सोमबारदेखि सकिन एक दिन अगाबै सरकारले लकडाउन थपेको हो। सरकारले चैत ११ देखि लकडाउन लागू गरेको थियो। नेपालमा कोरोना संक्रमितको संख्या २ सय ९५ पुगेको छ।

मन्त्रालयको अनुसार नेपालमा हालसम्ममा २८ हजार १ सय ६० जनाको पीसीआर परीक्षण गरिएको मध्ये २७ सय ९२ संक्रमित भएको पुष्टि भएको हो भने पीसीआर परीक्षण मध्ये २७ हजार ८ सय ६८ जना सक्रमण देखिएन।

आज ११ जना नयाँ संक्रमित थपिएको छ। आरडीटीबाट ६७ हजार ७ सय ६९ जनाको परीक्षण गरिएको छ। आजसम्मको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेको तथ्याङ्कमा १८ हजार ३ सय ५७ जना क्वारेन्टाइनमा रहेको, ३ सय ४६ जना आइसोलेसन रहेको र ३६ जना निको भएको उल्लेख छ।

विश्वभरमा ४४ लाख ९४ हजार ८ सय ७३ जनामा संक्रमित देखिएको छ। ३ लाख ५ हजार ९ सय ७६ जना कोरोनाबाट मृत्यु भएको विश्व स्वास्थ्य संगठनले बताएको छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...