News Portal

तपाईंको राशिफल : आज २०७५ साल भाद्र १५ गते शुक्रवार, अगष्ट ३१, २०१८

हिमाली संचार संवाददाता
९४९ पटक

– ज्यो.प. नारायणप्रसाद दुलाल

मेष : मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुनेछैन ।

वृष : आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । फितलो यात्रा हुनेछ । दबाब र तनाव बढेको महसुस हुनेछ । मनमा दुविधा उत्पन्न हुनेछ ।

मिथुन : महिला वर्ग बाट सहयोग मिल्नेछ । आकस्मिक धनलाभ हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन ।

कर्कट : अरुलाई प्रभावित पारेर काम बन्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । इनाम र प्रतिष्ठा कमाउने बेलाछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ ।

सिंह : कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाइएला । साथीभाइसङ्ग भेटघाट हुने योग छ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।

कन्या : सौन्दर्यतामा धन खर्च हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनु होला ।

तुला : प्रेममा सफलता प्राप्त हुनेछ । जग्गा जमिनको कारोबारबाट फाइदा लिन सकिनेछ । शुभकार्यको चर्चा चल्नेछ । रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ ।

वृश्चिक : अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । खाद्यान्नका परिकार तथा मेवामिष्ठान्न मिल्नेछ ।

धनु : रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । आँटेकोे र ताकेको कार्य पुरा होला । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

मकर : घर परिवारमा झै–झमेलाको अवस्था आउला । दिनको उत्तरार्धमा धन खर्च हुनेछ । कार्यमा अवरोध आउला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।

कुम्भ : प्रेम सम्वन्ध कसिलो हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । घरमा अतिथीको आगमन हुनेछ ।

मीन : विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ ।

प्रतिकृया दिनुहोस्

सर्वोच्चले रवि लामिछाने विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको...

बालेन शाह प्रधानमन्त्री बन्ने प्रक्रियाः विश्वासको मत आवश्यक नपर्ने

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह अब संसदीय...

कारागारबाट रिहा भए पूर्वसांसद दीपक मनाङे

काठमाडौं, फागुन २७ – गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे, जसलाई राजीव गुरूङको नामले पनि चिनिन्छ,...

चार महिनामै राष्ट्रिय दलको मान्यता पाए श्रम संस्कृति पार्टी

काठमाडौं, फागुन २७ – चार महिनाअघि मात्रै गठन भएको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले...

स्वच्छ वायु सुधारका लागि नेपाललाई विश्व बैंकको झन्डै ७ अर्ब ऋण सहयोग

काठमाडौं, फागुन २७ – नेपालमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले विश्व बैंकले झन्डै ७...