News Portal

हङकङका कार्यकारी प्रमुख क्यारी लामसंग भट्टराईको भेट, भट्टराईले दिए ‘एड मेमो’

युवा राई
३५६ पटक
२०७७ जेठ ४ आइतबार

हङकङ । नेपाली महावाणिज्यदूत कमलप्रसाद भट्टराईले हङकङ सरकारका प्रमुख कार्यकारी क्यारी लामवीच भेटवार्ता भएको छ। सरकार प्रमुख क्यारी लामकै कार्यलयमा भेट भएको हो।

महावाणिज्यदूत भट्टराईले भेटमा आफ्ना विभिन्न एजेन्डाहरु प्रस्तुत गरेका थिए।  भट्टराईले त्यसमाथि छलफल गरी ‘एड मेमो’ समेत प्रमुख कार्यकारी क्यारी लामलाई बुझाएका छन्। कूटनैतिक परम्पराअनुसार आफ्नो कार्यकाल समाप्त हुन लाग्दा दुइ   सरकारवीच कार्यान्वयन हुन बाकी रहेका एजेन्डाहरु टिपोट गरी बुझाउने कुटनैतिक प्रचलनलाई ‘एड मेमो’ भनिन्छ। 

भट्टराईका आफ्नो कार्यकाल समाप्त भएकाले नेपाल फर्किन लागेका अन्तिम समयमा भेट भएको हो । भट्टराईले नेपालीहरुका लागि हङकङमा भिसा खुलला, रोजगारीका लागि अनुमति र नेपालबाट मकाउमा रोजगारीमा जाने सिलसिलामा हङकङ ट्रान्जिट हुँदा अनिवार्य भिसा लिनुपर्ने झन्झट लगायतका विषयमा छलफल भएको बताए।

कुटनैतिक व्यक्तिहरुलाई अन एराइभल भिसा उपलब्ध गराउनु पर्ने एजेन्डाहरुवीच बुँदागत रुपमै छलफल गरेर टिपोट बुझाएको समेत महावाणिज्यदूत भट्टराईले जानकारी दिएका छन् । त्यस्तै, लकडाउनका कारण नेपालमा अल्झिएकाहरुलाई हङकङ आउन सहज वातावरण बनाइदिन र कोरोना भाइसर विरुद्ध एकजुट हुन आपसी सहयोगको विषयमा समेत छलफल भएको भट्टराईले बताए। भेटवार्तामा हङकङ सरकार नेपालप्रति सकारात्मक भएकोले छलफल फलदायी भएको बताएका भट्टराई आफ्ना कार्यकाल समाप्त गरेर नेपाल फिर्ता हुन लागेका हुन्। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ८ गतेको राशिफल

आज माघ ८, २०८२ (जनवरी २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

४५ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

काठमाडौं उपत्यकामा हराएका ५० मोटरसाइकल र स्कुटर फेला, मालिकलाई फिर्ता

काठमाडौं, ७ माघ – काठमाडौं उपत्यकामा हराएका वा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर...

निर्वाचनको प्रचारमा सामाजिक सञ्जालको दुरुपयोग गरिए कारबाही हुने

काठमाडौ – निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गर्न बसेको बैठकले प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय...