News Portal

देश त यहाँ भेटिदाे रहेछ

हिमाली संचार संवाददाता
७४५ पटक
२०७७ जेठ ४, आइतबार

देश त सिमापारी
देश बोकेर
आउने जानेहरु
संग पो भेटिदो रहेछ
सोधिन्छ आफन्तहरुको
सन्चो बिसन्चो
बाडिन्छ मनसँग मन
आधा मुस्कान हाँसेर
पोखिन्छ केहि खुशी
हुँदैन यहाँ ?
जातिय राजनिती
न हुन्छ भाषा, सस्कृतिको
पानी बाराबार
यहाँ त बरु देश छातिमा
बोकेर बाँचिरहेका छन
सधै नेपाली भएर
देश त यहाँ पो भेटिदो रहेछ।

बर्षातमा तराई डुब्दा
पहाडमा आधिहुरी चल्दा
हिमालमा हिम पहिरो लड्दा
आधा गाँस काटेर
सम्झन्छन देश
अनी बदलामा पठाउछन
राहात !
दिन्छन एक अर्कामा
सान्त्वना
समय किनेर बेच्छन श्रम
यहाँ आफै बाँच्न सिकेका छन
स्वतन्त्र समयसँगै
हेर त …?
देशको माया कोसँग धेरै छ ?
देश त देश बोकेर
आउने जानेहरु संग पो
सिमापारी भेटिदो रहेछ ।

– गौतम सागर राई

हाल – अमेरिका 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २७ गतेको राशिफल

आज फागुन २७, २०८२ ( मार्च ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...