News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • मकैबारी हुदै लुकेर नेपाल आएका वडाध्यक्ष क्वारेनटाइनमा

    हिमाली संचार संवाददाता
    ३५५ पटक
    २०७७ जेठ २, शुक्रवार

    काठमाण्डौ। सुनसरीको सिमाक्षेत्रका गाँउहरुमा अहिले मकैमा घोगा लाग्न थालिसकेका छन् । त्यस क्षेत्रमा मकै घोगा लाग्ने समय भएका कारण मकै बारी हुदै मान्छे छिरेपछि देख्न सकिँदैन । लकडाउनको अहिले समयमा भारतबाट आउने सजिलो बाटो त्यही सिमाक्षेत्रमा लगाइएका मकै खेती भएका छन् ।

    नेपाल भारतका किसानले लगाएको मकै खेतीको बाटो हुँदै भारतबाट मान्छेहरू नेपाल आउन थालेपछि कोरोना भाइरस सक्रमण फैलिने उच्च जोखिम पुर्वमा बढ्दै गएको छ । केही दिन अगाडी इनरुवा नगरपालिकाकै एक वडाध्यक्ष सीमाको मकै बारीको सहारामा नेपाल छिरेका थिए ।

    मकैबारी हुँदै इनरुवा नगरपालिकाका वडा नं. ४ का वडाध्यक्ष श्यामदेव मेहता इनरुवा आइपुगेका हुन् । लकडाउन लम्बिँदै जाँदा भारत पुर्णियामा रहेको ससुरालीमा बस्दै आएका मेहता नेपाल आएका हुन् ।

    इनरुवा नगरपालिकाले बनाएको क्वारेनटाइनमा बस्दै आएका मेहेता पुर्णियाबाट भाण्टावारीसम्म एम्बुलेन्समा आएर रातीको समय मकै खेतीकै सहारामा नेपाल छिरेका थिए । मेहेता मात्र हैन नेपाल भारत गरिरहने अधिकांश सीमाका सुरक्षाकर्मीहरु छलेर नेपाल छिर्ने गरेका छन् ।

    नेपाल र भारतमै लकडाउन भए पनि भारतमा रेल सेवा सुरु भएपछि नेपाल आउन चाहानेहरुको लागि थप सहज भएको छ । सीमावर्ती गाउँ कोसी गाउँपालिकाका स्थानीयहरूका अनुसार भारतका विभिन्न शहरबाट नेपालको सीमा सम्म रेलमा र त्यहाँबाट  मकैबारी हुँदै नेपाल छिर्ने गरेका छन् ।

    भारतमा रेल सेवा सुरु भएपछि सुनसरीको सिमाक्षेत्रमा किसानले लगाएको मकै खेती अहिले नेपाल छिर्ने प्रवेशद्वार बन्दै गएको हो । दैनिक मकैबारीमा लुक्दै छिप्दै नेपाल आउनेहरूले मकै वाली समेत नष्ट गरेको किसान स्थानीयहरूको गुनासो छ । रासस

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज जेठ २५, २०८२ (जुन ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    बेलायतस्थित नेपालीहरुको भरपर्दो डिजिटल थलो नेपालयुके डटकमको पुनः प्रकाशन सुरु

    लण्डन। ठिक २० वर्ष पहिले बेलायतमा रहेका नेपालीहरूलाई सु-सूचित गर्ने र जोडने उद्देश्यले सुरु गरिएको...

    बाजुरा आगलागी पीडितहरूलाई एनआरएनएको आर्थिक सहयोग

    काठमाडौँ। शुक्रवार बाजुराको बुढिगंगा नगरपालिकाको बाम्काबजारमा भएको भीषण आगलागीबाट पीडितहरूलाई राहत स्वरूप गैरआवासीय नेपाली संघ...

    आजको राशिफल

    आज जेठ २४, २०८२ (जुन ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    सहकारी सचेतना तथा जागरण तालिम सम्पन्न

    मोरङ, जेठ २३ – रंगेलीमा स्थानीय तहमा सञ्चालन भइरहेका सहकारीहरूका लागि आवश्यक पर्ने विषयवस्तुमा केन्द्रित...