News Portal

आरोग्यकि एक महिला कर्मचारीमा कोरोना पोजिटिभ देखिएपछि प्रतिष्ठानसँगै निदान अस्पताल पनि सिल

हिमाली संचार संवाददाता
६२४ पटक
२०७७ वैशाख ३१, बुधबार

काठमाडौँ – ललितपुरको आरोग्य प्रतिष्ठानमा कार्यरत एक महिला कर्मचारीमा कोरोना पोजिटिभ देखिएपछि प्रतिष्ठानसहित निदान अस्पताललाई पनि सिल गरिएको छ। मंगलबार कोरोना पोजिटिभ देखिएकी महिला तराइको जिल्लाबाट काठमाडौं आएको र प्रतिष्ठानको काममा फर्कनु पूर्व शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पीसीआर परीक्षण गर्न लगिएको थियो।

उनलाई प्रतिष्ठानकै ड्राइभर र अर्का एक कर्मचारीले टेकुस्थित अस्पतालमा प्रतिष्ठानको एम्बुलेन्समा राखेर लगेका थिए। प्रतिष्ठानमा मिर्गौला फेल भएका बिरामीहरुको डायलासिस हुने गर्छ। सो प्रतिष्ठान निदान अस्पतालकै प्रांगणमा अवस्थित छ।

परीक्षण गराएर फर्किएपछि ड्राइभर र अर्का एक कर्मचारी प्रतिष्ठानको नियमित काममा खटिएको कारण उक्त क्षेत्रलाई सावधानीका लागि सिल गरिएको हो। महानगरीय प्रहरी परिसर ललितपुर स्रोतका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टोली अहिले प्रतिष्ठान पुगेर ड्राइभर र कर्मचारीको सम्पर्कमा आएका प्रतिष्ठान र अस्पतालका विभिन्न कर्मचारीहरुको स्वाब लिँदैछ।

यस्तै ड्राइभरको सम्पर्कमा आएका र सो एम्बुलेन्स प्रयोग गरिएकाहरुलाई पनि सेल्फ आइसोलेसनमा बस्न अनुरोध गरिएको एक चिकित्सकले जानकारी दिए।
तस्बि: हेमन्त श्रेष्ठ/कान्तिपुर

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...