News Portal

आरोग्यकि एक महिला कर्मचारीमा कोरोना पोजिटिभ देखिएपछि प्रतिष्ठानसँगै निदान अस्पताल पनि सिल

हिमाली संचार संवाददाता
६८० पटक
२०७७ वैशाख ३१, बुधबार

काठमाडौँ – ललितपुरको आरोग्य प्रतिष्ठानमा कार्यरत एक महिला कर्मचारीमा कोरोना पोजिटिभ देखिएपछि प्रतिष्ठानसहित निदान अस्पताललाई पनि सिल गरिएको छ। मंगलबार कोरोना पोजिटिभ देखिएकी महिला तराइको जिल्लाबाट काठमाडौं आएको र प्रतिष्ठानको काममा फर्कनु पूर्व शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पीसीआर परीक्षण गर्न लगिएको थियो।

उनलाई प्रतिष्ठानकै ड्राइभर र अर्का एक कर्मचारीले टेकुस्थित अस्पतालमा प्रतिष्ठानको एम्बुलेन्समा राखेर लगेका थिए। प्रतिष्ठानमा मिर्गौला फेल भएका बिरामीहरुको डायलासिस हुने गर्छ। सो प्रतिष्ठान निदान अस्पतालकै प्रांगणमा अवस्थित छ।

परीक्षण गराएर फर्किएपछि ड्राइभर र अर्का एक कर्मचारी प्रतिष्ठानको नियमित काममा खटिएको कारण उक्त क्षेत्रलाई सावधानीका लागि सिल गरिएको हो। महानगरीय प्रहरी परिसर ललितपुर स्रोतका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टोली अहिले प्रतिष्ठान पुगेर ड्राइभर र कर्मचारीको सम्पर्कमा आएका प्रतिष्ठान र अस्पतालका विभिन्न कर्मचारीहरुको स्वाब लिँदैछ।

यस्तै ड्राइभरको सम्पर्कमा आएका र सो एम्बुलेन्स प्रयोग गरिएकाहरुलाई पनि सेल्फ आइसोलेसनमा बस्न अनुरोध गरिएको एक चिकित्सकले जानकारी दिए।
तस्बि: हेमन्त श्रेष्ठ/कान्तिपुर

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...