
काठमाण्डौ । आज पर्सामा भेटिएका ३९ जना कोरोना भाइरस संक्रमितमध्ये चार जना पत्रकार पनि कोरोना संक्रमित भएको पुष्टि भएको छ।
नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले संक्रमितमध्ये पत्रकार पनि भएको पुष्टि गरेका छन् । वीरगञ्जमा पहिलो पटक ३१ चैतमा तीन जना जमातीमा संक्रमण देखिएको थियो भने छपकैयामा एउटै परिवारका १८ जनामा संक्रमण पुष्टि भएको छ । वीरगञ्जका पत्रकारहरूले कोरोना भाइरसको उच्च जोखिम मोलेर रिपोर्टिङ गर्दै आएका थिए । रासस
