News Portal

स्याङ्जा सहयोग समाज कुवेतले एम्बुलेन्स आर्थिक सहयोग युगल साँझ कार्यक्रम गर्दै

हिमाली संचार संवाददाता
९११ पटक

अगस्ट ३०, कुवेत – एम्बुलेन्स आर्थिक सहयोग अभियानका प्रमुख अभियान्ता लोक पप गायक बि बि मल्ल ठकुरीको साथमा यूरोपबाट चर्चित गायक तुल्सी शिवाकोटी कुवेत आउने भएका छन।

गृह जिल्लामा एम्बुलेन्स हस्तान्तरण गर्नको लागि स्याङ्जा सहयोग समाज कुवेतले युगल साँझ कार्यक्रमको लागि कुवेत आउन लागेको अभियान्ता ठकुरीले हिमाली संचारलाई बताए।

केही दिन अगाडि बि बि मल्ल ठकुरी एकल साँझ कार्यक्रम गर्ने तय भए पनि यसलाई अझ पृथक साथै बृहत् किसिमको साँङ्गेतिक मनोरञ्जनात्मक पस्कने उद्देश्यले यूरोपमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक तुल्सी शिवाकोटीको नौलो अनुहार यस एम्बुलेन्स आर्थिक सहयोग अभियानका मुख्य अभियन्ता बि बि मल्ल ठकुरीको साथमा देखिने भएका छन् ।

गाँउले परिवेशमा हुर्केका बि बि मल्ल ठकुरीले अहिलेको एकाइसौं शताब्दी बित्न लागि सक्दा पनि कयौं बिरामीहरु समयमा नै अस्पताल पुग्न नसक्दा अकालमा नै मृत्यु हुने गरेको तितो स्मरण गर्दै उक्त अभियान थालिएको बताए।

“सुनौलो बिहान स्याङ्जा निर्माणमा हाम्रो अभियान” भन्ने मुल नाराको साथ स्थापना भएको स्याङ्जा सहयोग समाज कुवेतले यस कार्यक्रमको आयोजना गर्ने भएको हो । स्वयम् बि बि मल्ल ठकुरी उक्त समाजको संरक्षक पनि हुन्।

सहयोगी दाताहरुलाई हृदय देखि नै धन्यवाद दिदै कुवेतमा भएका संघ, संस्था, समाजका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवी, कलाकार, खेलाडी साथै कुवेतमा रहनुहुने सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु लाई उपस्थिति हुनु भइ कार्यक्रम सभ्य र भव्य गरि दिन हुन स्याङ्जा सहयोग समाज कुवेत विनम्र अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...

शिक्षामा पर्याप्त बजेटको मागसहित विश्वव्यापी कार्यसप्ताह सुरु

काठमाडौं, वैशाख ७ — शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने मागसहित नेपालमा ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह’ सुरु...

आज २०८३ साल वैशाख ७ गतेको राशिफल

आज वैशाख ७, २०८३ ( अप्रिल २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...