News Portal

विश्वभर २ लाख ७६ हजार बढिको मृत्यु, ४० लाख बढि कोरोना संक्रमित

हिमाली संचार संवाददाता
६०६ पटक
२०७७ वैशाख २७, शनिबार

काठमाडौँ – महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)का कारण विश्वभर दुई लाख ७६ हजार २१५ जनाको मृत्यु भएको छ।

हालसम्मको तथ्यांक अनुसार विश्वका ४० लाख १२ हजार ७७७ जना कोरोना संक्रमित भेटिएका छन्। यस्तै, १३ लाख ८५ हजार १२३ जना भने उपचारपछि निको भएका छन्।

अहिले विश्वकै कोरोना प्रभावित मुलुक संयुक्त राज्य अमेरिका भएको छ। अमेरिकामा ७८ हजार ६ सय १५ जनाको मृत्यु भएको छ भने १३ लाख २१ हजार ७८५ जना संक्रमित फेला परेका छन्।

अमेरिकापछि महामारीको चपेटामा परेको दोस्रो देश हो बेलायत जहाँ ३१ हजार २४१ जनाको मृत्यु भइसकेको छ भने २ लाख ११ हजार ३६४ जना संक्रमित भेटिएको पुष्टि भएको छ।

पहिलोपटक कोरोना भाइरस देखिएको चीनमा भने हालसम्म ४ हजार ६३३ जनाको मृत्यु भएको छ।

यस्तै, इटलीमा ३० हजार २ सय १, स्पेनमा २६ हजार २ सय ९९, फ्रान्समा २६ हजार २ सय ३०, इरानमा ६ हजार ५ सय ४१, बेल्जीयममा ८ हजार ५ सय २१, जर्मनीमा ७ हजार ५ सय १०, नेदरल्याण्डमा ५ हजार ३ सय ५९, टर्कीमा ३ हजार ६ सय ८९, स्वीजरल्याण्डमा १ हजार ८ सय २३, ब्राजिलमा १० हजार १७ जनाको मृत्यु भइसकेको छ।

विश्वका २ सय १२ मुलुकमा फैलिएको कोरोना संक्रमण नेपालमा पनि देखिएको छ। नेपालमा १ सय ९ जना कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ भने हालसम्म कसैको मृत्यु भएको छैन।

यो पनि पढ्नुहोस।

कोरोना अपडेट: नेपालमा संक्रमितको संख्या १०९ पुग्यो

प्रतिकृया दिनुहोस्

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...

क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

काठमाडौं  -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...