News Portal

  • प्रतिनिधिसभा र राष्ट्रियसभाका सम्पूर्ण सांसद, कर्मचारीको स्वाब परीक्षण

    हिमाली संचार संवाददाता
    ४०३ पटक
    २०७७ बैशाख २६, शुक्रवार

    काठमाडौं । संघीय सांसद प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद तथा कर्मचारीको कोभिड-१९ को स्वाब परीक्षणको गरिएको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले बिहीबार परीक्षण गराएका ४३४ को रिपोर्ट नेगेटिभ आएको जानकारी दिए।

    ती मध्ये २१२ सांसद र बाँकी सांसद सचिवालयका कर्मचारीहरुको परीक्षण गरिएको थियो । उनीहरु सबैको सांसद भवन नयाँ बानेश्वरमा स्वाब संकलन गरेर पीसीआर परीक्षण गरिएको थियो। शुक्रबारदेखि संघीय सांसदको बजेट अधिवेशन शुरु हुँदैछ । कोरोनोको जोखिम हुन नदिन सांसद र कर्मचारीको अनिवार्य पीसीआर परीक्षण गरिएको हो ।
    महाशाखा निर्देशक डा. पाण्डेका अनुसार बिहीबार परीक्षण नभएका सांसदको आज पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

    रासस

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ ७ गतेको राशिफल

    आज भदौ ७, २०८२ (अगस्त २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    सङ्खुवासभामा भूकम्पको धक्का

    काठमाडौँ – सङ्खुवासभा जिल्लाको मघाङ आसपास केन्द्रबिन्दु भएर आइतबार राति ४.४ स्थानीय परिमाणको भूकम्प गएको...

    उपसभामुख राना मगरको विदेश भ्रमणमा विवाद: १० पटक स्वीकृति बिना यात्रा

    काठमाडौँ, भदौ ६ – प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर १७ पटक विदेश भ्रमणमा गएकी...

    प्रभु साह– ठगी आरोपमा निष्कासन पाएका नेतालाई प्रधानमन्त्री ओलीले भ्रमपूर्ण प्रचार गर्दै एमालेमा भित्र्याए

    काठमाडौँ, भदौ ६ – आम जनता पार्टी (आजपा) का अध्यक्ष उपेन्द्र साहले एमाले अध्यक्ष तथा...

    लाल बकैया खोलाको जलसतह सतर्कता तह नाघ्यो

    काठमाडौँ, भदौ ६ – मकवानपुरको लाल बकैया खोलामा लगातारको वर्षापछि पानीको सतह सतर्कता तह नाघेको...