News Portal

प्रतिनिधिसभा र राष्ट्रियसभाका सम्पूर्ण सांसद, कर्मचारीको स्वाब परीक्षण

हिमाली संचार संवाददाता
४८२ पटक
२०७७ बैशाख २६, शुक्रवार

काठमाडौं । संघीय सांसद प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद तथा कर्मचारीको कोभिड-१९ को स्वाब परीक्षणको गरिएको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले बिहीबार परीक्षण गराएका ४३४ को रिपोर्ट नेगेटिभ आएको जानकारी दिए।

ती मध्ये २१२ सांसद र बाँकी सांसद सचिवालयका कर्मचारीहरुको परीक्षण गरिएको थियो । उनीहरु सबैको सांसद भवन नयाँ बानेश्वरमा स्वाब संकलन गरेर पीसीआर परीक्षण गरिएको थियो। शुक्रबारदेखि संघीय सांसदको बजेट अधिवेशन शुरु हुँदैछ । कोरोनोको जोखिम हुन नदिन सांसद र कर्मचारीको अनिवार्य पीसीआर परीक्षण गरिएको हो ।
महाशाखा निर्देशक डा. पाण्डेका अनुसार बिहीबार परीक्षण नभएका सांसदको आज पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

रासस

 

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...