News Portal

  • इराकका पूर्वगुप्तचर प्रमुख खादिमी प्रधानमन्त्रीमा निर्वाचित

    हिमाली संचार संवाददाता
    ६०० पटक
    २०२० मे २५, बिहीबार

    बग्दाद – इराकका पूर्वगुप्तचर प्रमुख मुस्तफा खादिमी नयाँ प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको छ। अमेरिका पक्षीय मानिने खादिमीलाई इराकको संसदले बिहीबार प्रधानमन्त्रीमा निर्वाचित गरेको अधिकारीहरुले जानकारी दिएका छन्।

    अमेरिकाको न्युयोर्क टाईम्सले पनि खादिमीको सम्वन्ध अमेरिकासँग धेरै राम्रो रहेको र उहाँ क्षमतावान व्यक्ति भएको जनाएको छ।

    तत्कालिन प्रधानमन्त्री अदेल अब्दुल मेहदीले राजिनामा दिएपछि लामो समयपछि उहाँ प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो।

    इराकमा लामो समयदेखि कामचलाउ प्रधानमन्त्रीको भरमा सरकार सञ्चालन भइरहेको थियो भने सरकार विरोधी प्रदर्शनहरु पनि भइरहेका थिए।

    प्रदर्शनकारीहरुले रोजगारी र सुशासनको माग गरेका थिए। उनीहरुले भ्रष्टाचार अन्त्य गर्न र सरकारका काम कारबाही राम्रो बनाउन आग्रह गर्दै आएका थिए।

    प्रधानमन्त्रीमा निर्वाचित भएपछि खादिमीले इराकको सुरक्षा, समृृद्धि र उत्थानका लागि संसदले आफुलाई प्रधानमन्त्रीमा निर्वाचित गरेको बताउनुभएको छ।

    सामाजिक सञ्जाल ट्वीटर मार्फत् उहाँले सवैभन्दा पहिलो प्राथमिकता कोरोनाभाइरसविरुद्धको लडाईँ हुने पनि उल्लेख गर्नुभएको छ।

    इराकमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या २ हजार ४ सय ८० पुगेको छ भने १ सय २ जना व्यक्तिको विश्वव्यापी प्रकोपका रूपमा फैलिएको यस भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ।

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    गृहमन्त्री लेखकद्वारा भिजिट भिसा समस्या दीर्घकालीन समाधानको घोषणा

    काठमाडौँ, असार १०  — गृहमन्त्री रमेश लेखकले भिजिट भिसा सम्बन्धी समस्या अब दीर्घकालीन रूपमा समाधान...

    एनआरएन एकतामा प्रधानमन्त्री नै बाधक : अध्यक्ष श्रेष्ठ

    अमेरिका, असार १० — गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसिसीका अध्यक्ष महेश कुमार श्रेष्ठले एनआरएनएको...

    ‘डिजिटल खाडल घटाउनु नै युवालाई सशक्त बनाउने मुख्य उपाय’

    काठमाडौँ, असार १० — बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि तथा साइबर सुरक्षासम्बन्धी परामर्श कम्पनी जेनेस...

    इजरायल, इरान र मध्यपूर्वमा रहेका नेपालीहरूलाई सुरक्षित रहन एनआरएनएको आग्रह

    काठमाडौँ, असार १०  — गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसिसी) ले इजरायल, इराक...

    संसद् अवरोधबारे रणनीति बनाउन रास्वपाको छलफल

    काठमाडौं, असार १० – विदेश जाने भिजिट भिसामा भइरहेको आर्थिक अनियमितता प्रकरणले संसद् अवरुद्ध भइरहेका...