News Portal

विस्फोट सहित विप्लवका तीन कार्यकर्ता पक्राउ

हिमाली संचार संवाददाता
४२१ पटक
२०७७ बैशाख २३, मंगलवार

फाइल तस्वीर, झापा । पुर्वाञ्चलको इलामबाट नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज सहित अन्य २ जना कार्यकर्तालाई प्रहरीले विस्फोट पदार्थ सहित पक्राउ गरेको छ। इलामको माई नगरपालिका-९ बोरिङबाट प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । 

विशेष सुराकीका आधारमा सशस्त्र प्रहरी बल सहितको विशेष टोलीले सोमबार राती करिब ११ बजे नेपाल प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा संखुवासभा घर भएका इलाम जिल्ला इन्चार्ज पुष्प कोइराला, ताप्लेजुङ लिकुखोला घर भएका जनम भनिने २४ वर्षीय पासाङ शेर्पा र उदयपुरका सौरभ भनिने १९ वर्षीय पासाङ तामाङलाई विस्फोटक पदार्थ र त्यसका लागि प्रयोग हुने सामाग्री सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जानएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

प्रतिकृया दिनुहोस्

४५ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

काठमाडौं उपत्यकामा हराएका ५० मोटरसाइकल र स्कुटर फेला, मालिकलाई फिर्ता

काठमाडौं, ७ माघ – काठमाडौं उपत्यकामा हराएका वा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर...

निर्वाचनको प्रचारमा सामाजिक सञ्जालको दुरुपयोग गरिए कारबाही हुने

काठमाडौ – निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गर्न बसेको बैठकले प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय...

विशेष महाधिवेशनको विरोधपछि शेखर कोइराला गगन नेतृत्वसँग सहमत

विराटनगर, माघ ७ – नेपाली कांग्रेसका नेता शेखर कोइराला, जो विशेष महाधिवेशनको विरोधमा थिए, अन्ततः...