News Portal

हुम्लाका जनतालाई रेल र जलमार्ग के थाहा ! बिरामी हुँदा एम्बुलेन्स चढ्न पाए हुन्थ्यो

हिमाली संचार संवाददाता
६१० पटक

काठमाडौँ — प्रतिनिधिसभा सांसद रंगमती शाहीले आवश्यकताका आधारमा बजेट विनियोजन हुनुपर्ने बताएकी छन् । हुम्लाबाट समानुपातिक सांसद शाहीले सरकारले बजेट विनियोजन गर्दा प्रभावशाली नेता र मन्त्रीका क्षेत्रमा मात्रै ठूला पूर्वाधारका योजना जाने परम्पराको अन्त्य गर्नुपर्ने नभए सबै जिल्लाबाट मन्त्री नियुक्त गर्नुपर्ने उनको भनाइ थियो ।

‘हुम्लाका जनतालाई रेल र जलमार्ग के थाहा ! हामीलाई त गाडी चढ्न पाए र बिरामी हुँदा एम्बुलेन्स चढ्न पाए हुन्थ्यो,’ प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको सोमबारको बैठकमा उनले भनिन्, ‘रेल र जलमार्गभन्दा पहिला राष्ट्रिय सडक सन्जालमा नजोडिएका जिल्लालाई त्यसमा जोड्ने योजना हुनुपर्छ । प्राथमिकताका आधारमा बजेट विनियोजन हुनुपर्छ ।’

उनले हुम्ला जाने सडकमा ४ मोटरेबल पुलको योजना आगामी बजेटमा राख्न माग गरेकी थिइन् । यस्ता योजना बजेट कार्यकर्ता हेरेर नभइ आवश्यकता हेरेर विनियोजन गर्नुपर्ने उनको भनाइ थियो ।

‘सांसदहरू खुसी हुने र मन्त्री आफैं खुसी हुने बजेटभन्दा जनता खुसी हुने बजेट आयो भने निर्वाचन क्षेत्रका जनताले फलानो मन्त्री र सांसदको पालामा बनेको योजना हो भनेर धन्यवाद नै देलान्,’ उनले भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङलाई भनिन् । मन्त्री नेम्वाङले प्रतिपक्षी दलका सांसदहरूसँग बजेट निर्माणबारे परामर्श नगरी सत्तारुढ दलका सांसदसँग मात्रै कुराकानी गरेकोमा असन्तुष्टि पनि जनाइन् ।

संसदमा प्रमुख प्रतिपक्षी दल कांग्रेसकी सांसद शाहीले प्रत्यक्ष निर्वाचित र समानुपातिक सांसदबीचको विभेद पनि अन्त्य गर्नुपर्ने बताइन् । बजेटमार्फत सांसदहरूबीच विभेद भइरहेको उनको भनाइ थियो । ‘समानुपातिक सांसदलाई कहिलेसम्म भिखारी बनाउने ? २ वर्षसम्म भिखारी बनाउनुभयो । यसअघिका मन्त्रीले पनि भिखारी बनाएरै जानुभयो । अहिले पनि भिखारी नै बनाउने हो कि !,’ उनले आशंका व्यक्त गरिन् ।

बैठकमा अन्य सांसदहरूले आफ्नो निर्वाचन क्षेत्र सम्बन्धित योजनाका बारेमा मन्त्री नेम्वाङसँग कुरा राखेका थिए । सांसदहरूले मन्त्रालयहरूले बजेट विनियोजन गर्दा सबै क्षेत्रमा प्राथमिकताका आधारमा गर्न सरकारलाई सुझाव दिएका थिए ।

प्रतिकृया दिनुहोस्

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...