News Portal

हुम्लाका जनतालाई रेल र जलमार्ग के थाहा ! बिरामी हुँदा एम्बुलेन्स चढ्न पाए हुन्थ्यो

हिमाली संचार संवाददाता
५८० पटक

काठमाडौँ — प्रतिनिधिसभा सांसद रंगमती शाहीले आवश्यकताका आधारमा बजेट विनियोजन हुनुपर्ने बताएकी छन् । हुम्लाबाट समानुपातिक सांसद शाहीले सरकारले बजेट विनियोजन गर्दा प्रभावशाली नेता र मन्त्रीका क्षेत्रमा मात्रै ठूला पूर्वाधारका योजना जाने परम्पराको अन्त्य गर्नुपर्ने नभए सबै जिल्लाबाट मन्त्री नियुक्त गर्नुपर्ने उनको भनाइ थियो ।

‘हुम्लाका जनतालाई रेल र जलमार्ग के थाहा ! हामीलाई त गाडी चढ्न पाए र बिरामी हुँदा एम्बुलेन्स चढ्न पाए हुन्थ्यो,’ प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको सोमबारको बैठकमा उनले भनिन्, ‘रेल र जलमार्गभन्दा पहिला राष्ट्रिय सडक सन्जालमा नजोडिएका जिल्लालाई त्यसमा जोड्ने योजना हुनुपर्छ । प्राथमिकताका आधारमा बजेट विनियोजन हुनुपर्छ ।’

उनले हुम्ला जाने सडकमा ४ मोटरेबल पुलको योजना आगामी बजेटमा राख्न माग गरेकी थिइन् । यस्ता योजना बजेट कार्यकर्ता हेरेर नभइ आवश्यकता हेरेर विनियोजन गर्नुपर्ने उनको भनाइ थियो ।

‘सांसदहरू खुसी हुने र मन्त्री आफैं खुसी हुने बजेटभन्दा जनता खुसी हुने बजेट आयो भने निर्वाचन क्षेत्रका जनताले फलानो मन्त्री र सांसदको पालामा बनेको योजना हो भनेर धन्यवाद नै देलान्,’ उनले भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङलाई भनिन् । मन्त्री नेम्वाङले प्रतिपक्षी दलका सांसदहरूसँग बजेट निर्माणबारे परामर्श नगरी सत्तारुढ दलका सांसदसँग मात्रै कुराकानी गरेकोमा असन्तुष्टि पनि जनाइन् ।

संसदमा प्रमुख प्रतिपक्षी दल कांग्रेसकी सांसद शाहीले प्रत्यक्ष निर्वाचित र समानुपातिक सांसदबीचको विभेद पनि अन्त्य गर्नुपर्ने बताइन् । बजेटमार्फत सांसदहरूबीच विभेद भइरहेको उनको भनाइ थियो । ‘समानुपातिक सांसदलाई कहिलेसम्म भिखारी बनाउने ? २ वर्षसम्म भिखारी बनाउनुभयो । यसअघिका मन्त्रीले पनि भिखारी बनाएरै जानुभयो । अहिले पनि भिखारी नै बनाउने हो कि !,’ उनले आशंका व्यक्त गरिन् ।

बैठकमा अन्य सांसदहरूले आफ्नो निर्वाचन क्षेत्र सम्बन्धित योजनाका बारेमा मन्त्री नेम्वाङसँग कुरा राखेका थिए । सांसदहरूले मन्त्रालयहरूले बजेट विनियोजन गर्दा सबै क्षेत्रमा प्राथमिकताका आधारमा गर्न सरकारलाई सुझाव दिएका थिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...