News Portal

बझाङमा सुत्केरीको हेलिकोप्टरद्वारा उद्धार

हिमाली संचार संवाददाता
४५० पटक
२०७७ वैशाख २३, मंगलवार

(फाइल तस्वीर)

बझाङ – बझाङको केदारस्यु गाउँपालिका–२ की ३३ वर्षीया एक सुत्केरी महिलाको सोमबार हेलिकोप्टर मार्फत उद्धार गरिएको छ।

बझाङ जिल्ला अस्पतालमा यही वैशाख १२ गते शल्यक्रिया गरी प्रसूति भएकी जानकीदेवी रावलको पेट सुन्निने समस्या आई उपचार सम्भव नभएपछि सोमबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीको पहलमा धनगढीबाट सिम्रिक एयरको हेलिकोप्टरमार्फत त्रिवि शिक्षण अस्पताल काठमाडौँ लगिएको सामाजिक विकासमन्त्रीका स्वकीय सचिव लोकेन्द्र धामीले जानकारी दिए।

शल्यक्रियाबाट प्रसूति भएकी रावलको उपचार सम्भव नभएपछि डडेल्धुरा अस्पतालमा सिफारिस हुदै सेती प्रादेशिक अस्पतालमा ल्याइएको र सेती प्रादेशिक अस्पतालमा पनि उपचार सम्भव नभएपछि काठमाडौं लगिएको बताइको छ।

उहाँलाई सुदूरपश्चिम सरकारकोे पहाडी जिल्लाका जटिल सुत्केरी अवस्थाकालाई उद्धार गर्ने एयरलिफ्ट कार्यक्रममार्फत उद्धार गरिएको बताइएको छ।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...