News Portal

म्याग्दी डेङ्गुको उच्च जोखिममा, एकैदिन ३ जना अस्पतालमा भर्ना

हिमाली संचार संवाददाता
५३३ पटक
२०७७ वैशाख २३, मंगलबार

गलेश्वर – म्याग्दी जिल्ला डेङ्गुको उच्च जोखिममा परेको छ। आइतबार एकैदिन तीन जनामा डेङ्गु सङ्क्रमण देखिएको छ।

बेनी नगरपालिकाका विभिन्न बस्तीबाट उपचारका लागि आइतबार बेनी अस्पतालमा आएका एक महिला र दुई पुरुषमा सङ्क्रमण देखिएपछि जिल्लामा वैशाख महिनामै डेङ्गु सङ्क्रमितको सङ्ख्या पाँच पुगेको छ।

एक्कासि टाउको दुख्ने, जोर्नी दुख्ने, आलस्य हुनेजस्ता लक्षण देखिएपछि अस्पतालमा उपचारका लागि आएकी बेनी नगरपालिका–५ भिरमुनि, वडा नं ९ तोरीपानीको पुरुष र वडा नं ६ छापाकी महिलामा डेङ्गु पोजेटिभ देखिएको अस्पतालका क्लिनिकल प्रमुख डा. नवराज बस्ताकोटीले बताउनुभयो।

“म्याग्दीको ग्रामीण बस्तीमा धमाधम डेङ्गु सङ्क्रमित भेटिएका छन्, “उहाँहरूको ‘ट्राभल हिस्ट्री’ पनि छैन”, डा. बस्ताकोटीले भन्नुभयो।

वैशाख महिनामा चार पुरुष र एक महिलामा डेङ्गुको सङ्क्रमण देखिएसँगै म्याग्दी डेङ्गु रोगको जोेखिम उच्च रहेको डा. बस्ताकोटीको भनाइ छ। रासस

प्रतिकृया दिनुहोस्

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...

क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

काठमाडौं  -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...