News Portal

कसरी उपयुक्त मेकअप गरेर सुन्दरतालाई बढाउने ?

हिमाली संचार संवाददाता
१२४८ पटक
२०७७ वैशाख २३, सोमबार

मेकअप यसरी गर्नुपर्छ जसले सुन्दरतालाई बढाउने काम गरोस्। मेकअप पनि यस्तो गर्नुपर्छ, जसले अनुहारको छालालाई नकारात्मक प्रभाव नगरोस्। मेकअप भद्दा किसिमको हुनु हुँदैन। मेकअप त नेचुरल हुनुपर्छ। मेकअप गर्दा आफ्नो उमेर छालाको प्रकार एवं पहिरनलाई ध्यानमा राख्नुपर्छ।

मेकअप गर्नुभन्दा पहिले आफ्नो अनुहार सफा गर्नुपर्छ। अनुहार सफा गर्दा आफ्नो छालाको प्रकार अनुसारको फेसवास प्रयोग गर्नुपर्छ। त्यसपछि अनुहारमा टोनर लगाउनु पर्छ। टोनरले मेकअपलाई धेरै बेर टिकाउनुका साथै छालालाई कसिलो बनाउने गर्छ।

आफ्नो छालाको प्रकार र उमेर अनुसार सन ब्लकयुक्त मोस्चराइजर लगाउनु पर्छ। बेलुका पनि अनुहार सफा गरेर टोनर र नाइट क्रिम लगाउनु पर्छ। जसले गर्दा छाला स्वस्थ, सफा र चम्किलो बन्छ। कलर कस्मेटिक अनुहारको छालालाई सुरक्षित राख्न स्किन केयरको प्रयोगपछि मेकअप प्राइमर लगाउनुपर्छ।

अनुहारमा भएका दाग लुकाउन कन्सिलर प्रयोग गर्न सकिन्छ। आँखा वरिपरि कालो दाग छ भने आई कन्सिलर लगाएर फाउन्डेसनले छोप्नु पर्छ। मेकअपलाई लामो समय टिकाउनु छ भने वाटरप्रुफ फाउन्डेसन लगाएर ट्रान्सल्यूसेन्ट पाउडरले त्यसलाई सेट गर्न सकिन्छ।

मेकअप गर्दा वेस राम्रोसँग बनाउनुपर्छ। वेस बनाइसकेपछि आँखाको मेकअप गर्नुपर्छ। आँखाको मेकअपमा विशेष गरेर आइस्याडो आफ्नो पहिरनसँग मिल्ने रंगको हुनुपर्छ। आँखाको सेप अनुसार आइलाइनर लगाउनुपर्छ। सानो र चिम्रो आँखामा मोटो लाइनर लगाउने।

यदि आई मेकअप धेरै समय टिकाउनु छ भने वाटरप्रुफ लाइनर र मस्करा प्रयोग गनुपर्र्छ। लिपिस्टिक लगाउनुभन्दा पहिले लिप लाइनरले ओठलाई सेप दिनुपर्छ। लिपिस्टिकको कलर भन्दा एक सेड लाइट कलरको लिप लाइनर प्रयोग गर्नुपर्छ।

ओठ मोटो छ भने भित्रबाट र पातलो छ भने बाहिरबाट लिप लाइनर लगाएर ओठको सेप बनाउनु पर्छ। लिपिस्टिक धेरै बेर टिकाउन ओठमा हल्का फाउन्डेसन लगाएर लिपिस्टिक दल्नुका साथै लिप लाइनर पनि धेरै बेर टिक्ने किसिमले लगाउनुपर्छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...