News Portal

बाबुरामलाई कारबाहीको मागसहित महेश बस्नेत र सर्वेन्द्र खनालले दिए मानव अधिकार आयोगमा उजुरी

हिमाली संचार संवाददाता
५१७ पटक
२०७७ बैशाख २२, सोमवार

काठमाण्डौ। अपहरणको आरोप लागेका नेपाल कम्युनिष्ट पार्टीका सांसदहरू महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ (किसान) र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफूहरूले अपहरण नगरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन्।

सोमबार मानव अधिकार आयोगको कार्यालय हरिहर भवन पुगेर उनीहरूले सत्यतथ्य छानबिनका लागि निवेदन दिएका हुन्। उनीहरूले आफूहरू निर्दोष रहेको समेत दाबी गरेका छन्।

‘समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाको आग्रहमा राजनीतिक छलफलका लागि महोत्तरी गएको हो,’ नेकपा सांसद महेश बस्नेतले भने,’पार्टी एकतादेखि धेरै विषयमा कुराकानी गर्न सहमतिकै आधारमा गइएको भए पनि यसलाई अतिरञ्जित गरिएको भनेर हामीले छानबिनका लागि निवदेन दिएको हो।’

समाजवादी पार्टीका नेता बाबुराम भट्टराई र केन्द्रीय सदस्य विश्वदीप पाण्डेलाई साइबर क्राइमअन्तर्गत कारबाही गर्न समेत माग गरिएको उनले बताए।

‘हामीलाई अपहरकारीजस्तै बनाएर प्रचार गरिएको छ। यसले हाम्रो व्यक्तिगत, परिवारिक, सामाजिक र राजनीतिक जीवनलाई असर पारेको छ,’ बस्नेतले भने,’समाजमा फैलाउन खोजिएको भ्रमबारे समेत छानबिन गर्न हामीले भनेका छौं।’

महोत्तरीस्थित घरमै रहेका समाजवादी सांसद सुरेन्द्र यादवलाई सांसदहरू बस्नेत, श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक खनालले वैशाख १० गते काठमाडौं ल्याएका थिए। समाजवादी पार्टीले सांसद यादवको अपहरण गरिएको भनेर छानबिनको माग गरिरहेको छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...