News Portal

बाबुरामलाई कारबाहीको मागसहित महेश बस्नेत र सर्वेन्द्र खनालले दिए मानव अधिकार आयोगमा उजुरी

हिमाली संचार संवाददाता
४७२ पटक
२०७७ बैशाख २२, सोमवार

काठमाण्डौ। अपहरणको आरोप लागेका नेपाल कम्युनिष्ट पार्टीका सांसदहरू महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ (किसान) र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफूहरूले अपहरण नगरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन्।

सोमबार मानव अधिकार आयोगको कार्यालय हरिहर भवन पुगेर उनीहरूले सत्यतथ्य छानबिनका लागि निवेदन दिएका हुन्। उनीहरूले आफूहरू निर्दोष रहेको समेत दाबी गरेका छन्।

‘समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाको आग्रहमा राजनीतिक छलफलका लागि महोत्तरी गएको हो,’ नेकपा सांसद महेश बस्नेतले भने,’पार्टी एकतादेखि धेरै विषयमा कुराकानी गर्न सहमतिकै आधारमा गइएको भए पनि यसलाई अतिरञ्जित गरिएको भनेर हामीले छानबिनका लागि निवदेन दिएको हो।’

समाजवादी पार्टीका नेता बाबुराम भट्टराई र केन्द्रीय सदस्य विश्वदीप पाण्डेलाई साइबर क्राइमअन्तर्गत कारबाही गर्न समेत माग गरिएको उनले बताए।

‘हामीलाई अपहरकारीजस्तै बनाएर प्रचार गरिएको छ। यसले हाम्रो व्यक्तिगत, परिवारिक, सामाजिक र राजनीतिक जीवनलाई असर पारेको छ,’ बस्नेतले भने,’समाजमा फैलाउन खोजिएको भ्रमबारे समेत छानबिन गर्न हामीले भनेका छौं।’

महोत्तरीस्थित घरमै रहेका समाजवादी सांसद सुरेन्द्र यादवलाई सांसदहरू बस्नेत, श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक खनालले वैशाख १० गते काठमाडौं ल्याएका थिए। समाजवादी पार्टीले सांसद यादवको अपहरण गरिएको भनेर छानबिनको माग गरिरहेको छ।

प्रतिकृया दिनुहोस्

४५ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

काठमाडौं उपत्यकामा हराएका ५० मोटरसाइकल र स्कुटर फेला, मालिकलाई फिर्ता

काठमाडौं, ७ माघ – काठमाडौं उपत्यकामा हराएका वा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर...

निर्वाचनको प्रचारमा सामाजिक सञ्जालको दुरुपयोग गरिए कारबाही हुने

काठमाडौ – निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गर्न बसेको बैठकले प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय...

विशेष महाधिवेशनको विरोधपछि शेखर कोइराला गगन नेतृत्वसँग सहमत

विराटनगर, माघ ७ – नेपाली कांग्रेसका नेता शेखर कोइराला, जो विशेष महाधिवेशनको विरोधमा थिए, अन्ततः...