News Portal

तपाईंको राशिफल : आज २०७५ साल भाद्र १४ गते बिहिवार, अगष्ट ३०, २०१८

हिमाली संचार संवाददाता
८०८ पटक

– ज्यो.प. नारायणप्रसाद दुलाल,

मेष : चिताएको कार्यमा सोचे जस्तो सफलता नमिल्ला । गरेको काममा ढिलासुस्ती हुनेछ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुँदैन ।

वृष : मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुुनेछन् । रमणीय र सुखद यात्राको योग छ ।

मिथुन : आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । पारिवारिक सद्भाव बढ्नेछ । शुभ समाचार सुन्न पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

कर्कट : परिवारजनको साथले नयाँ आशा पलाउनेछ । आकस्मिक धन लाभ हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ ।

सिंह : शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । टाढाको यात्रा फलदायी हुँदैन । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ ।

कन्या : लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । पारिवारिक सहयोग मिल्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ ।

तुला : अतिथिका रूपमा सम्मान पाइनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । ठुला व्यक्तिले तपाईँका मेहनतको प्रसंसा गर्नेछन् ।

वृश्चिक : जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ ।

धनु : प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । बोलीको विपरीत अर्थ लाग्न सक्नेछ । हराउने वा चोरी हुने सम्भावना छ । नियमित खर्चसमेत बढ्ने योग छ ।

मकर : रमणीय र सुखद यात्राको योग छ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । दैनिक कार्यहरूमा प्रगति हुनेछ ।

कुम्भ : धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । स्वादिष्ट भोजन पाईनेछ ।

मीन : नयाँ कार्यको थालनी हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । तिर्थाटनको योगछ ।

प्रतिकृया दिनुहोस्

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...