News Portal

लकडाउनमा पार्किङ गरेको बसबाट टिभी चोर्ने  पक्राउ

हिमाली संचार संवाददाता
५३४ पटक

काठमाडौं -लकडाउनको अवधिमा पार्किङ गरेका बसहरुबाट एलइडी टिभी र म्यूजिक प्लेयर चोरी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । धादिङवेशीमा विभिन्न मितिमा पार्किङ गरी राखिएको धादिङ मण्डली यातायात प्रालिद्वारा संचालित बा ४ ख ७३८०, ना ४ ख २८९१, ना ६ ख ९१३० र लु २ ख १९५४ नंम्बरको बसहरुमा यात्रुहरुको मनोरञ्जनको लागि जडान गरिएको एलइडी टिभी तथा म्यूजिक प्लेयरहरु चोरी भएको थिए ।

चोरको खोजतलास गर्दै जाने क्रममा वैशाख १८ गते धादिङ कै सिद्धलेक गाउँपालिका–५ पोखरी स्थितबाट चोरी गरिएका एलइडी टिभी ६ थान, म्यूजिक प्लेयर ३ थान, स्पिकर २ थान, चोरी गर्न प्रयोग भएका औजारहरु ४ थान सहित चोरी गर्ने अभियुक्तहरु जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरी टोलीले फेला परेको थियो ।

पक्राउ पर्नेमा धादिङ जिल्ला सिद्धलेक–५ बस्ने वर्ष २२ को अभिषेक श्रेष्ठ, सोही स्थान बस्ने वर्ष १९ का श्याम श्रेष्ठ र वर्ष २५ को अजय श्रेष्ठ रहेका छन् ।

उनीहरुलाई फेला परेको सामानहरुसहित निजहरुलाई चोरी मुद्दामा धादिङ जिल्ला अदालतबाट दिन ७ को म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । यस घटनामा १ जना व्यक्ति फरार रहेकोले फरार व्यक्तिको खोजतलास कार्य समेत भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...