News Portal

तराईका विभिन्न जिल्लाहरुमा कोरोना फैलिएपछि रातारात काठमाडौं भित्रिने संख्या बढे

हिमाली संचार संवाददाता
४०५ पटक
२०७७ बैशाख २२, सोमवार

काठमाण्डौ । तराईका विभिन्न जिल्लाहरुमा कोरोना संक्रमण फैलिए संगै तराईका आफ्ना गृह जिल्ला छाडेर धेरै नागरिक रातारात काठमाडौँ उपत्यका आउन थालेपछि उपत्यका कोरोनाको थप जोखिम बढेको छ ।

कोरोना संक्रमण तराईका विभिन्न जिल्लाहरुमा पछिल्लो समय बढ्दै गए पछि केही दिनअघि मात्र विराटनगर, वीरगञ्ज र बुटवलबाट २४ भन्दा बढी यातायातका सवारी साधन यात्रु बोकेर काठमाडौँ भित्रिएका थिए । सवारी साधनका लागि नागढुङ्गा नाकामा निसङ्क्रमण टनेल निर्माण गरिएको छ ।

यसरी बाहिरबाट उपत्यका प्रवेश गर्नेलाई कडाइ गरिए पनि निजी तथा भाडाका सवारी साधन प्रयोग गरी विभिन्न बहाना बनाएर मध्यरातमा उपत्यका भित्रिनेको संख्या दिन प्रतिदिन बढ्दै गएको बताइएको छ ।

त्यस्तै फर्पिङ, मुड्खु, भक्तपुरको जगाती र जर्सिङपौवा नाकामा समेत टनेल राख्ने योजना बनाइएको जानकारी महानगरीय ट्राफिक महाशाखाका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले दिए ।

निसङ्क्रमण टनेल निर्माण गर्दा यात्रु तथा सवारी केही हदसम्म सुरक्षित हुने देखिन्छ । खाद्य, तरकारी, पलफूल लगायत दैनिक उपभोग्य सामग्री बोकेर आउने सवारी साधनबाट समेत कोरोना विषाणु भित्रिन सक्ने भन्दै त्यस्ता सवारी साधनमाथि विशेष निगरानी बढाई डिस्इन्फेक्सन अनिवार्य गरिनेभएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा देबबहादुर कुँवरले लेखेका छन् ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...