News Portal

धरानले उच्च सतर्कता अपनायो, हरेक नाकामा थर्मलगनको प्रयोग

हिमाली संचार संवाददाता
४९६ पटक
२०७७ बैशाख २१, आइताबार

धरान । कोरोना भाइरसको संक्रमण न्यूनीकरण गर्न धरान उपमहानगरपालिकाले धरान प्रवेश गर्ने सबै नाकाहरुमा ज्वरो मापन गर्ने थर्मल गनद्वारा प्रत्येक यात्रुको ज्वरो मापन गर्ने भएको छ। 

धरानका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार पहाडबाट आउने नाकाबाहेक अन्य नाकाहरुमा थर्मोमिटरद्वारा ज्वरो जाँच गर्ने व्यवस्था गरिएको हो। धरानका मुख्य नाकाहरु तीनकुने, धरान–चतरा, पानवारी नाका, धरान फुटबैको सभागृह, सर्दु पुल लगायतका स्थानमा थर्मल गन राखिएको छ।

नगरले आन्तरिक रुपमा पनि धरानका विभिन्न स्वास्थ्य केन्द्रहरुमा पनि थर्मल गनको व्यवस्था गरिएको धरान उपमहानगरले जनाएको छ। मेहताका अनुसार विष्णुपादुका, पाँचकन्या स्वास्थ्य चौकी, छाताचोकस्थि पुरानो अस्पताल, धरान १७ रेल्वेस्थित शहरी स्वास्थ्य प्रर्वद्धन केन्द्रमा पनि थर्मल गन राखिएको छ।

धरानको ‘कृषि बजारमा क्षेत्रमा पनि निर्मल गनको व्यावस्था गरिएको छ। अन्य स्थानहरुमा समेत आवश्यकता हेरेर प्रवन्ध गर्न लागेको मेहताले जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस्

४५ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

काठमाडौं उपत्यकामा हराएका ५० मोटरसाइकल र स्कुटर फेला, मालिकलाई फिर्ता

काठमाडौं, ७ माघ – काठमाडौं उपत्यकामा हराएका वा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर...

निर्वाचनको प्रचारमा सामाजिक सञ्जालको दुरुपयोग गरिए कारबाही हुने

काठमाडौ – निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गर्न बसेको बैठकले प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय...

विशेष महाधिवेशनको विरोधपछि शेखर कोइराला गगन नेतृत्वसँग सहमत

विराटनगर, माघ ७ – नेपाली कांग्रेसका नेता शेखर कोइराला, जो विशेष महाधिवेशनको विरोधमा थिए, अन्ततः...