आज : २०२६-०६-१९, शुक्रबार

बलात्कार आरोपमा श्रीमान र जेठाजु पक्राउ, ५० हजार घुस लिने अध्यक्ष धामी प्रहरी नियन्त्रणमा

कैलाली – कैलालीकी एक महिलालाई आफ्नै श्रीमान् र जेठाजुले बलात्कार प्रयास गरेका छन्। गौरीगंगा नगरपालिकाकी १६ वर्षीय किशोरीमाथि बलात्कार गरेको आरोपमा श्रीमान र जेठाजुलाई प्रहरीले पक्राउ गरेको हो।

ती युवतीको एक वर्ष पहिले मागी विवाह भएको थियो। दुई दाजुभाइ मिलेर बलात्कार गर्न खोजेको उजुरी परेपछि उनीहरु पक्राउ परेका हुन्।

युवतीका माइती पक्षले जवरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गराएका छन्। यस्तै, सो मुद्दा मिलाइदिने भन्दै ५० हजार घुस लिने सामुदायिक वनका अध्यक्ष समेत पक्राउ परेका छन्।

मसुरियाको लक्ष्मी सामुदायिक वनका अध्यक्ष बिर्खबहादुर धामीलाई ५० हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटेको टोलीले पक्राउ गरेको हो।

बलात्कार आरोपीसँग घुस लिदै गर्दा धामीलाई पक्राउ गरिएको अख्तियारको टोलीले जनाएको छ। (नेसबाट)