News Portal

ठाकुरबाबा बर्दियाका समाजसेवी पौडेलद्वारा प्रहरीलाई सहयोग

हिमाली संचार संवाददाता
११८८ पटक
२०७७ बैशाख २०, शनिवार

बर्दिया – बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर -६ का समाजसेवी जयप्रसाद पौडेलले अस्थायी प्रहरी पोस्ट बकुवालाई मिनरल वाटर, चाउचाउ, अण्डा, चना, साबुनलगायतका सामाग्री सहयोग गरेका छन।

विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ कोरोना भाइरस सन्त्रासका कारण लकडाउन गरिएको र सो लकडाउन पालना गराउन अग्रमोर्चामा खटिएका नेपाल प्रहरीका लागि सो सहयोग उपलब्ध गराईएको समाजसेवी पौडेलले बताए।

लकडाउनको समयमा बजार पनि बन्द हुने र दिनरात नभनी सुरक्षामा खटिने प्रहरीलाई आफुले सम्मान स्वरुप सहयोग उपलब्ध गराएको पौडेलको भनाइ छ।

पौडेलले पाँच हजार रुपैया बराबरको ३ पेटि चाउचाउ, १ पेटी अण्डा, ५ किलो चना, ४ किलो चिउरा, मिनरल वाटर र साबुन सहयोग गरेका हुन।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...