News Portal

  • सागर एस वाइबाको गीत “यहि गाउँ हो रे” सार्वजनिक (भिडियो सहित)

    हिमाली संचार संवाददाता
    १०२३ पटक

    काठमाडौं -ललित कला क्याम्पसमा संगीतको गायन बिधा लिएर अध्यन पश्चात् कला क्षेत्रमा प्रवेश गरेर दुई दशक लामो म्हेन्दोमाया गीत संगीतमा एकछत्र राज गरेर बिस्तारै नेपाली संगीतिक आकाशमा पाइला टेक्दै गीति सङ्ग्रह मा समाबेश पहिलो गीत माथिमाथी बोलको सेलो गितको सफलता पछि सोही गीति संग्रहको दोस्रो महत्वाकांक्षी गीत यहि गाउँ हो रे युट्युबमा सार्बजनिक गरेका छन्।

    नेपाली संगीतिक आकाशमा नौलो नाम होल तर म्हेन्दोमाया गीत संगीतमा सागर एस वाइबा एउटा सफल नाम हो बहुचर्चित एवं लोकप्रिय नाम हो म्हेन्दोमाया संगीतमा म्हेन्दोमाया किङको उपनामले चिनिन्छन।

    सागर एस वाइबालाई शब्द,रचना,संगीत भनौ गायन पनि अब्बल सुमधुर स्वारका धनी आफ्नो गीतमा मोडलिङ अभिनय समेत आफै गर्छ म्युजिक भिडियो निर्देशन सम्मा आफै गर्न भ्याउछन। यहि गाउँ हो रे आधुनिक युगमा नेट,ईन्टरनेटमा चीनजान हुन्छन तर एकले अर्काको अनुहार देखिएको हुन्दैनन।

    एउटा रकस्टार कार्यक्रमको शिलशिलमा जुन गाउँ जुन ठाँउ पुगेनी आफ्नो बिना प्रोफइल वलि मायालु भेट्छन कि भनेर गाउने गीत यहि गाउँ हो रे,यहि ठाँउ हो रे गाउँ गाउँ शहर शहर देश देखि विदेश आधा बिश्व गीत गाएरै यात्रा गरिसकेका गायक म्हेन्दोमाया गीत गाएरै अमेरिका पुग्न सफल पहिलो नाम हो। चल्नु ठुलो होइन चलेर टिक्न सक्नु असली बाद्शा हो भन्छन् वाइबा।

    सम्पुर्ण पक्ष उत्कृष्ट रहेको सो गीतका म्युजिक भिडियो द म्हेन्दोमाया किङ युट्युब च्यानलबाट सार्वजनिक गरेका छन। सागर एस वाइबाको लय/शब्द र सुमधुर स्वरमा सजिएको एउटा पृथक नेपाली लोकपप गीतमा वाइबाको साथमा मोडल तथा नायिका शिल्पा तामाङ,उर्मिला गुरुङले कुशल अभिनय गरेका छन।

    म्युजिक भिडियोको कोरियोग्राफीमा राज किङ वाइबा हुन् भने निर्देशन सागर एस वाइबा रहेकोे छन। गीत सार्वजनिक भएपछि निर्माण युनिटले गीतलाई सबैले मन पराइदिनेमा आफुहरु आशावादी रहेको बताउनु भयो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    पल शाहको ‘हामी छौं फाउन्डेसन’ सञ्चालन, दुर्गममा शिक्षा र स्वास्थ्य सहयोगको घोषणा

    काठमाडौं, मंसिर २१ – अभिनय र मोडलिङमा सक्रिय रहँदै आएका कलाकार पल शाह अब समाजसेवामा...

    रौतहटमा जेन–जी आन्दोलनका घटनामा संलग्न आरोपमा थप एक युवक पक्राउ

    रौतहट, मंसिर २१ – जेन–जी आन्दोलनका क्रममा रौतहटमा भएको तोडफोड र आगजनी प्रकरणमा संलग्न रहेको...

    आज २०८२ साल मंसिर २१ गतेको राशिफल

    आज मंसिर २१, २०८२ (डिसेम्बर ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    धुनिबेशी–६ मा सात सवारी साधन एकैपटक दुर्घटना, धेरै यात्रु घाइते

    धादिङ — राजमार्गअन्तर्गत धादिङको धुनिबेशी नगरपालिका–६ मा एकै स्थानमा सातवटा सवारीसाधन संलग्न भयावह दुर्घटना भएको...

    कुवेतकाे साल्मी मरुभूमिस्थित शिविरबाट ठूलो मात्रामा लागूऔषध बरामद

    कुवेत – कुवेत प्रहरीले साल्मी मरुभूमिको एउटा शिविरमा भण्डारण गरिएको र कुवेत भित्र तस्करी गर्ने...