News Portal

सागर एस वाइबाको गीत “यहि गाउँ हो रे” सार्वजनिक (भिडियो सहित)

हिमाली संचार संवाददाता
१०८४ पटक

काठमाडौं -ललित कला क्याम्पसमा संगीतको गायन बिधा लिएर अध्यन पश्चात् कला क्षेत्रमा प्रवेश गरेर दुई दशक लामो म्हेन्दोमाया गीत संगीतमा एकछत्र राज गरेर बिस्तारै नेपाली संगीतिक आकाशमा पाइला टेक्दै गीति सङ्ग्रह मा समाबेश पहिलो गीत माथिमाथी बोलको सेलो गितको सफलता पछि सोही गीति संग्रहको दोस्रो महत्वाकांक्षी गीत यहि गाउँ हो रे युट्युबमा सार्बजनिक गरेका छन्।

नेपाली संगीतिक आकाशमा नौलो नाम होल तर म्हेन्दोमाया गीत संगीतमा सागर एस वाइबा एउटा सफल नाम हो बहुचर्चित एवं लोकप्रिय नाम हो म्हेन्दोमाया संगीतमा म्हेन्दोमाया किङको उपनामले चिनिन्छन।

सागर एस वाइबालाई शब्द,रचना,संगीत भनौ गायन पनि अब्बल सुमधुर स्वारका धनी आफ्नो गीतमा मोडलिङ अभिनय समेत आफै गर्छ म्युजिक भिडियो निर्देशन सम्मा आफै गर्न भ्याउछन। यहि गाउँ हो रे आधुनिक युगमा नेट,ईन्टरनेटमा चीनजान हुन्छन तर एकले अर्काको अनुहार देखिएको हुन्दैनन।

एउटा रकस्टार कार्यक्रमको शिलशिलमा जुन गाउँ जुन ठाँउ पुगेनी आफ्नो बिना प्रोफइल वलि मायालु भेट्छन कि भनेर गाउने गीत यहि गाउँ हो रे,यहि ठाँउ हो रे गाउँ गाउँ शहर शहर देश देखि विदेश आधा बिश्व गीत गाएरै यात्रा गरिसकेका गायक म्हेन्दोमाया गीत गाएरै अमेरिका पुग्न सफल पहिलो नाम हो। चल्नु ठुलो होइन चलेर टिक्न सक्नु असली बाद्शा हो भन्छन् वाइबा।

सम्पुर्ण पक्ष उत्कृष्ट रहेको सो गीतका म्युजिक भिडियो द म्हेन्दोमाया किङ युट्युब च्यानलबाट सार्वजनिक गरेका छन। सागर एस वाइबाको लय/शब्द र सुमधुर स्वरमा सजिएको एउटा पृथक नेपाली लोकपप गीतमा वाइबाको साथमा मोडल तथा नायिका शिल्पा तामाङ,उर्मिला गुरुङले कुशल अभिनय गरेका छन।

म्युजिक भिडियोको कोरियोग्राफीमा राज किङ वाइबा हुन् भने निर्देशन सागर एस वाइबा रहेकोे छन। गीत सार्वजनिक भएपछि निर्माण युनिटले गीतलाई सबैले मन पराइदिनेमा आफुहरु आशावादी रहेको बताउनु भयो।

प्रतिकृया दिनुहोस्

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...