News Portal

बाँके र रुपन्देहीका दुईजनामा कोरोना संक्रमण

हिमाली संचार संवाददाता
७४६ पटक

नेपालगञ्ज – प्रदेश नं. ५ को बाँकेमा पहिलो पटक कोरोना संक्रमित भेटिएका छन्। भेरी अस्पताल नेपालगन्जमा गरीएको परिक्षणमा बाँकेका ६० वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो। त्यसैगरी, रुपन्देहीका २५ वर्षिय पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले जनाएको छ।

रुपन्देहीका युवाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाव परिक्षण गरीएको हो। उनि विदेशबाट आएको बताईएको छ। बाँकेका ६० वर्षिय बृद्धलाई नेपालगञ्‍जस्थित भेरी अस्पतालको ल्याबमै गरिएको पिसिआर परीक्षणमा कोरोना देखिएको हो।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ। संक्रमित ५९ मध्ये १६ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। बाँकी ४३ संक्रमितको विभिन्‍न अस्पतालमा उपचार भइरहेको छ। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाइसकेको छ।

मस्जिदमा सुरक्षा निगरानी कडा

नेपालगन्जमा कोरोना भाइरस संक्रमित भेटिएपछि बाँके प्रहरीले यहाँका मस्जिदमा निगरानी बढाएको छ। प्रहरी श्रोतका अनुसार नेपालगन्जमा रहेका मस्जिदमा शुक्रबार बिहानैदेखि उच्च निगरानी बढाइएको छ। कोरोना भाइरस संक्रमणको आशंकामा यतिबेला नेपालगन्जका मस्जिदमा ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...