News Portal

  • सुर्खेतमा अलपत्र जुम्लाकि नानी नेपालीको मन्त्री भण्डारीद्वारा उद्धार

    हिमाली संचार संवाददाता
    ५५८ पटक
    २०७७ वैशाख १८ बिहीबार

    सुर्खेत – कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले अलपत्र महिलाको उद्धार गरेका छन। जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर-४ हाँकु नियापानी गाउँ निवासी ३६ वर्षीय नानी नेपालीलाई कानूनमन्त्री भण्डारीले उद्धार गरेका हुन।

    बिहिबार दिउँसो करिब ३ बजे सामाजिक संजालमा जुम्ला तातोपानी घर बताउने एक महिलाले रुँदै श्रीमानले अकैलाई बिबाह गरेर हिडेको र आफू बिचल्लीमा परेको सार्वजनिक भिडियो हेर्ने बित्तिकै मन्त्री भण्डारीले तत्काल आफ्नै स्वकीय सचिव लक्ष्मण थापाको नेतृत्वको टोलीलाई उद्धारका लागि खटाएका थिए।

    दिउसो ३ बजेदेखि खोजी कार्यमा लाग्दा ७ः३० बजे वीरेन्द्रनगर नगरपालिका-३ एरिचोक सुर्खेतमा सडक पेटीमा आश्रय लिएको अवस्थामा भेटाएको मन्त्री भण्डारीले बताए।

    वीरेन्द्रनगर नगरपालिकाको बाङ्गेसिमल, मूलपानी, एरिचोकलगायतका टोलमा खोज्दा नेपालीलाई भेटाएको स्वकीय सचिव थापाले जानकारी दिए।

    “नेपालीसँग मोबाईल नहुँदा उहाँलाई भेटाउन निकै गाह्रो भो,” थापाले भने, “धन्न एरिचोक नजिक बुलबुले मेडिकल अगाडिको पेटीमा बसिरहेको अवस्थामा महिलालाई भेटेर उद्धार गर्‍यौ।”

    श्रीमान निलो नेपालीले सुर्खेतमा बस्न भनेपछि केही समयदेखि दुई छोरीसहित भाडा बस्दै आएकी नेपाली सामान्य ज्याला मजदुरी गर्दै आएकि थिईन। “श्रीमानले तिमी बिरामी छौं। “सुर्खेतमै बस् भनेर जुम्ला गाउँमा आफ्नो नाममा ५ लाख ऋण झिकेको रहेछ,” उनले भनिन, “त्यसको अहिलेसम्म ब्याज नतिरी जुम्लाकै तिला गाउँपालिका १ रारा गाउँबाट अर्की श्रीमती लगेर उतै बसेको छ भन्ने खबर पाए। बन्दले गाडी नपाएपछि जुम्ला जान गुहार मागेकि हुँ।”

    लकडाउनले खानबस्न समस्या भएको देखाएपछि कानूनमन्त्री भण्डारीले ४ हजार घर भाडा सहयोग गरेको बताए। उनले जुम्ला पुगेर श्रीमानबिरुद्ध बहुबिबाहको मुद्दा हाल्ने र त्यसका लागि पनि सहयोग दिन गुहार मागेकि छन। उद्धार गरिएकी नेपालीलाई सकेसम्म बिहीबार राती वा भोलिसम्म जुम्ला पठाईने स्वकीय सचिव थापाले बताए।

    रुँदै गरेकी नेपालीको भिडियो सुर्खेतका पत्रकार बुद्धिसिंह ठकुरीले सामाजिक संजालमा पोष्ट गरेका थिए। महिलाको उद्दारका लागि बुलबुले मेडिकलका भक्त बिसिले समेत सहयोग गरेका थिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २६ गतेको राशिफल

    आज भदौ २६, २०८२ (सेप्टेम्बर ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    जंगीअड्डामा युवाको आवाज : बालेन–हर्कलाई नेतृत्वमा ल्याउनुपर्ने माग

    काठमाडौं, भदौ २५ – सेनासँग जेनजीको वार्ता चलिरहेका बेला भद्रकालीस्थित जंगीअड्डामा भेला भएका युवाहरूले नेतृत्वप्रति...

    जेनजीको भर्चुअल बैठकमा बालेनले फोन नउठाए पछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई समर्थन

    काठमाडौं, भदौ २५ – जेनजी पुस्ताले आयोजना गरेको वृहद भर्चुअल बैठकमा भावी प्रधानमन्त्रीबारे गम्भीर छलफल...

    रसुवा कारागारबाट सबै कैदी फरार, कुख्यात अपहरणकारी उदय सेट्टी पनि छुटे

    काठमाडौं, भदौ २५ – रसुवा कारागारमा रहेका सबै ९८ जना कैदी फरार भएका छन्। कारागारका...

    जेनजी समूहको भर्चुअल छलफलमा ३२ सयभन्दा बढी सहभागी

    काठमाडौं, भदौ २५ – राष्ट्रपति र नेपाली सेनाले वार्ताका लागि गरेको आह्वानपछि जेनजी पुस्ताका युवाहरूले वृहद...