News Portal

सुर्खेतमा अलपत्र जुम्लाकि नानी नेपालीको मन्त्री भण्डारीद्वारा उद्धार

हिमाली संचार संवाददाता
६३३ पटक
२०७७ वैशाख १८ बिहीबार

सुर्खेत – कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले अलपत्र महिलाको उद्धार गरेका छन। जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर-४ हाँकु नियापानी गाउँ निवासी ३६ वर्षीय नानी नेपालीलाई कानूनमन्त्री भण्डारीले उद्धार गरेका हुन।

बिहिबार दिउँसो करिब ३ बजे सामाजिक संजालमा जुम्ला तातोपानी घर बताउने एक महिलाले रुँदै श्रीमानले अकैलाई बिबाह गरेर हिडेको र आफू बिचल्लीमा परेको सार्वजनिक भिडियो हेर्ने बित्तिकै मन्त्री भण्डारीले तत्काल आफ्नै स्वकीय सचिव लक्ष्मण थापाको नेतृत्वको टोलीलाई उद्धारका लागि खटाएका थिए।

दिउसो ३ बजेदेखि खोजी कार्यमा लाग्दा ७ः३० बजे वीरेन्द्रनगर नगरपालिका-३ एरिचोक सुर्खेतमा सडक पेटीमा आश्रय लिएको अवस्थामा भेटाएको मन्त्री भण्डारीले बताए।

वीरेन्द्रनगर नगरपालिकाको बाङ्गेसिमल, मूलपानी, एरिचोकलगायतका टोलमा खोज्दा नेपालीलाई भेटाएको स्वकीय सचिव थापाले जानकारी दिए।

“नेपालीसँग मोबाईल नहुँदा उहाँलाई भेटाउन निकै गाह्रो भो,” थापाले भने, “धन्न एरिचोक नजिक बुलबुले मेडिकल अगाडिको पेटीमा बसिरहेको अवस्थामा महिलालाई भेटेर उद्धार गर्‍यौ।”

श्रीमान निलो नेपालीले सुर्खेतमा बस्न भनेपछि केही समयदेखि दुई छोरीसहित भाडा बस्दै आएकी नेपाली सामान्य ज्याला मजदुरी गर्दै आएकि थिईन। “श्रीमानले तिमी बिरामी छौं। “सुर्खेतमै बस् भनेर जुम्ला गाउँमा आफ्नो नाममा ५ लाख ऋण झिकेको रहेछ,” उनले भनिन, “त्यसको अहिलेसम्म ब्याज नतिरी जुम्लाकै तिला गाउँपालिका १ रारा गाउँबाट अर्की श्रीमती लगेर उतै बसेको छ भन्ने खबर पाए। बन्दले गाडी नपाएपछि जुम्ला जान गुहार मागेकि हुँ।”

लकडाउनले खानबस्न समस्या भएको देखाएपछि कानूनमन्त्री भण्डारीले ४ हजार घर भाडा सहयोग गरेको बताए। उनले जुम्ला पुगेर श्रीमानबिरुद्ध बहुबिबाहको मुद्दा हाल्ने र त्यसका लागि पनि सहयोग दिन गुहार मागेकि छन। उद्धार गरिएकी नेपालीलाई सकेसम्म बिहीबार राती वा भोलिसम्म जुम्ला पठाईने स्वकीय सचिव थापाले बताए।

रुँदै गरेकी नेपालीको भिडियो सुर्खेतका पत्रकार बुद्धिसिंह ठकुरीले सामाजिक संजालमा पोष्ट गरेका थिए। महिलाको उद्दारका लागि बुलबुले मेडिकलका भक्त बिसिले समेत सहयोग गरेका थिए।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...