News Portal

बिमस्टेक सम्मेलन : आज को को पाहुना काठमाडौं आउँदैछन् ?

हिमाली संचार संवाददाता
५७६ पटक

काठमाडौं – बिहीबार र शुक्रबार काठमाडौंमा हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास अर्थात बिमस्टेक सम्मेलनको लागि विदेशी पाहुनाहरु आउने क्रम तीव्र भएको छ ।

म्यानमारका राष्ट्रपति विन मिन्टसहित भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्याण्ड र म्यानमारका विदेशसचिवहरु मंगलबार नै काठमाडौं आइसकेका छन् । केही देशका परराष्ट्रमन्त्रहिरु पनि काठमाडौ आएका छन् ।

बुधबार भुटानको सर्वोच्च अदालतका प्रधानन्यायाधीश तथा अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ  वाङचुक नेपाल आउँदै हुनुहुन्छ ।

यस्तै बुधबार नै श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना नेपाल आउँदै हुनुहुन्छ ।

बिमस्टेकको सम्मेलन हुने दिन बिहीबार ३ देशका सरकार प्रमुख नेपाल आउँदैछन् । बिहीबार बिहान ८ बजेदेखि ११ बजेको बीचमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँनुहुनेछ ।

यस्तै बिहीबार नै बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद बिहीबार बिहान झण्डै नौ बजेको समयमा त्रिभुवन विमानस्थलमा आइपुग्ने कार्यक्रम रहेको छ । त्यस्तै थाइल्याण्डका राष्ट्रपति प्रायुट चान ओ चा पनि बिहीबार नै नेपाल आउने कार्यक्रम रहेको छ । उज्यालो

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...