News Portal

  • बिमस्टेक सम्मेलन : आज को को पाहुना काठमाडौं आउँदैछन् ?

    हिमाली संचार संवाददाता
    ४९६ पटक

    काठमाडौं – बिहीबार र शुक्रबार काठमाडौंमा हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास अर्थात बिमस्टेक सम्मेलनको लागि विदेशी पाहुनाहरु आउने क्रम तीव्र भएको छ ।

    म्यानमारका राष्ट्रपति विन मिन्टसहित भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्याण्ड र म्यानमारका विदेशसचिवहरु मंगलबार नै काठमाडौं आइसकेका छन् । केही देशका परराष्ट्रमन्त्रहिरु पनि काठमाडौ आएका छन् ।

    बुधबार भुटानको सर्वोच्च अदालतका प्रधानन्यायाधीश तथा अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ  वाङचुक नेपाल आउँदै हुनुहुन्छ ।

    यस्तै बुधबार नै श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना नेपाल आउँदै हुनुहुन्छ ।

    बिमस्टेकको सम्मेलन हुने दिन बिहीबार ३ देशका सरकार प्रमुख नेपाल आउँदैछन् । बिहीबार बिहान ८ बजेदेखि ११ बजेको बीचमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँनुहुनेछ ।

    यस्तै बिहीबार नै बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद बिहीबार बिहान झण्डै नौ बजेको समयमा त्रिभुवन विमानस्थलमा आइपुग्ने कार्यक्रम रहेको छ । त्यस्तै थाइल्याण्डका राष्ट्रपति प्रायुट चान ओ चा पनि बिहीबार नै नेपाल आउने कार्यक्रम रहेको छ । उज्यालो

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज ६ गतेको राशिफल

    आज असोज ६, २०८२ (सेप्टेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    भोलिदेखि भक्तपुरमा नवराते मेला सुरु

    भक्तपुर, असोज ५ – दशैंको सुरुवातसँगै भक्तपुरमा परम्परागत नवराते मेला सोमबारदेखि सुरु हुँदैछ। घटस्थापनासँगै सुरु...

    यूएईपछि साउदी, कतार र मलेसियामा पनि नेपाली कामदारमाथि कडाइ

    काठमाडौं, असोज ५ – भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलन का क्रममा जेलबाट...

    तुइनखोलाको पहिरो हटाउने काम जारी, साँझसम्म सडक सञ्चालन हुने अनुमान

    चितवन, असोज ५ – तुइनखोलामा खसेको पहिरो हटाउन कार्यदल सक्रिय भएसँगै नारायणगढ–मुग्लिन सडकमा यातायात खुल्ने...

    ऊर्जा मन्त्री घिसिङको रोजाइमा मनोज सिलवाल, शाक्यमाथि बढ्यो दबाब

    काठमाडौं, असोज ५ – हाल नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक रहेका हितेन्द्रदेव शाक्यामाथि राजीनामाको दबाब...