News Portal

सेनाहरुका लागी मुलुकको स्वाधीनता भन्दा ठुलो राजनीतिक दलहरू छन

हिमाली संचार संवाददाता
६२५ पटक

 मकवानपुर -बाहिरी मुलुकहरुमा सेनाहरुको लागि मुलुकको स्वाधीनता र अस्मिता भन्दा ठुलो केही पनि हुँदैन ? तर नेपालमा सेनाहरु पनि राजनीतिक दलहरूको कार्यकर्ता र सदस्य भए जस्तो छ नी ?

कोरोना भाइरसको महामारीमा समेत स्वास्थ्य सामग्रीमा भ्रष्टाचार, कालोबजारी र स्वास्थ्य सामग्रीको चोरी गर्न नछाड्ने हरुले अरु समयमा मुलुक संग गद्दार गर्न के बाँकी राख्लान ?

बाहिरी मुलुकमा सेनाहरु मुलुकको स्वाधीनता प्रति मात्र जिम्मेवार हुन्छन । विक्रम सम्वत २०५२ साल देखि आजसम्म मुलुक संक्रमणकालीन बाट चल्दै आइरहेको अवस्था छ । हाम्रो मुलुकमा प्रधानमन्त्री, मन्त्री र सांसदहरूको कारण मुलुकको स्वाधीनता धरापमा पर्दा पनि सेनाहरुको आस्था दलहरू प्रति मात्र देखिन्छ ।

हाम्रो मुलुकमा लुटनका लागी गणतन्त्र ल्याइएको हो ।

सेनाहरुको लागि मुलुकको स्वाधीनता र अखण्डता भन्दा ठुलो र प्यारो राजनीतिक दलहरूका नेताहरू होइन र ? कोरोना भाइरसको महामारीमा मुलुकमा संकट परेको बेला मुलुक भन्दा ठुलो सत्ता लिप्सा, सत्ता स्वार्थ र सत्ता परिवर्तनको खेल भइ रहँदा पनि सेनाहरु चुप छन ।

अब सेनाहरुले जंगी अड्डा, पृतना, गण र गुल्म हरुको नाम परिवर्तन गरि नेकपा पृतना, कांग्रेस पृतना, माओवादी पृतना, राजपा पृतना, माले पृतना, राप्रपा गण, साझा गण, विवेकशील गण, बाममोर्चा गुल्म र मजदुर किसान गुल्म आदि आदि जस्ता नामकरण गरे हुन्छ ।

सर्वसाधारण हरुलाई मात्र लकडाउन छ । नेताहरूलाई खुमलटार, कोटेश्वर, भैसेपाटी र बालुवाटार आदि जस्ता यत्रतत्र जान आउन छुट छ हैन ?

प्रतिकृया दिनुहोस्

४५ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

काठमाडौं उपत्यकामा हराएका ५० मोटरसाइकल र स्कुटर फेला, मालिकलाई फिर्ता

काठमाडौं, ७ माघ – काठमाडौं उपत्यकामा हराएका वा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर...

निर्वाचनको प्रचारमा सामाजिक सञ्जालको दुरुपयोग गरिए कारबाही हुने

काठमाडौ – निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गर्न बसेको बैठकले प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय...

विशेष महाधिवेशनको विरोधपछि शेखर कोइराला गगन नेतृत्वसँग सहमत

विराटनगर, माघ ७ – नेपाली कांग्रेसका नेता शेखर कोइराला, जो विशेष महाधिवेशनको विरोधमा थिए, अन्ततः...