News Portal

प्रधानमन्त्री ओलीलाई मन्त्रालयको संख्या समेत थाहा नभएपछि

हिमाली संचार संवाददाता
१०३३ पटक

गंगा बराल,
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार संसदलाई सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विम्स्टेक) को चौथो शिखर सम्मेलनको विषयमा संसदलाई जानकारी गराएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै ओलीले विपक्षी दलले सरकारलाई तानाशाहीको संज्ञा दिँदै गलत प्रचार गरेको भन्दै आपत्ति समेत जनाए । साथै उनले सरकारले गरेका राम्रा काम र सरकार सक्षम रहेको पनि बताए । त्यती मात्र नभई उनले सरकारसँग कसैले लोकतन्त्रको सर्टिफिकेट मागिरहन नपर्ने पनि बताए । बोल्ने क्रममा उनले स्थानीय प्रदेश र संघमा कर्मचारी व्यवस्थापन र मन्त्रालय र मन्त्रीहरुको विभाजनको समेत जानकारी दिए ।

जानकारी दिने क्रममा उनले हाल २१ वटा मात्रै मन्त्रालय रहेको बताएका छन् । तर, वास्तवीक मन्त्रालयको संख्या भने २२ वटा रहेको छ, जसमा स्वास्थ्य, पर्यटन र कृषि मन्त्रालयमा ३ राज्यमन्त्री गरी प्रधानमन्त्रीसहित २२ जना मन्त्रीहरु रहेका छन् ।

हालसालै कृषि तथा भूमी व्यवस्था मन्त्रालय फुटाएर भुमी व्यवस्था तथा गरिबी निवारण मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय गरी दुई वटा मन्त्रालय बनाइएको नेपालसमाचारपत्रले खबर लेखेको छ ।

भुमी सुधार व्यवस्था तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पद्मा अर्याललाई दिइएको छ भने कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी चक्रपाडी खनाललाई दिइएको छ ।

नेपालको संविधान अुनसार जम्मा २५ वटा मन्त्रालय गठन गर्न मिल्ने व्यवस्था रहेको छ ।

प्रतिकृया दिनुहोस्

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...