News Portal

मोरङका जिल्ला सहकारीसंधले कृषकको तरकारी बजारसम्म पुर्याउन सहयोग गर्दै

रबिन्द्र बराल
५१९ पटक
बैशाख १४ आइताबार

मोरङ । विश्वभर फैलिएको काेराेना भाईरसका कारणले  गर्दा एक महिना देखि नेपाल सरकारले समेत काेराना संक्रमण न्यूनीकरणका लागि गरेको मुलकभर लकडाउन धोषणा गरेको कारण किसानहरु समेत मार्कामा परेका छन् ।

कृषकहरुले आफ्नो  बारीमा उत्पादन गरेका तरकारी अहिले खेतबारीमा कुहिने अवस्थामा पुगेको छ ।   किसानहरुले लकडाउनका कारण बजारमा बिक्रीवितरण गर्न बजार सम्म तरकारी पुर्याउन नसक्दा खेतबारीमै फ्याक्नु परेकाले कृषकहरु समस्यामा परेका छन् ।  

कृषकहरुकाे समस्याको समाधानका लागि जिल्ला सहकारी संघ मोरङले  केहिदिन देखि माेरङकाे कटहरी, जहदा, देवानगन्ज   लगायत क्षेत्रहरुमा कृषकहरुले उत्पादन गरेका टमाटर, भिन्डि, बैगुन, फर्सी, लाैका, खुर्सानी लागायतका फलफूल जन्यवस्तुहरु अहिले किसानका उत्पादनहरु बिक्री गर्न समस्या भएर खेतखेतमै नष्ट हुन लागिरहेको जानकारी पाए पछि जिल्ला सहकारी मार्फत फलफुल थोकबजार स्थलमार्फत थोकबिक्रि र विभिन्न गाडीहरु मार्फत घरघर घुमाएर खुद्रा बिक्रीको शुभारम्भ भएको   

स्वदेशमै उत्पादन भएको ताजा र राम्रो तरकारी समेत भएको हुनाले अब बिस्तारै अन्य बजारसम्म बिक्रीवितरणका लागि पठाउने तयारी रहेको र नेपाली किसानको पसिना खेरजान नदिन र कृषकहरुको आत्मबल बडाउनका लागि यस्तो कार्य गरिएको  जिल्ला सहकारी माेरङका अध्यक्ष डिल्ली पाेख्रेलले बताए ।

प्रतिकृया दिनुहोस्

४५ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

काठमाडौं उपत्यकामा हराएका ५० मोटरसाइकल र स्कुटर फेला, मालिकलाई फिर्ता

काठमाडौं, ७ माघ – काठमाडौं उपत्यकामा हराएका वा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर...

निर्वाचनको प्रचारमा सामाजिक सञ्जालको दुरुपयोग गरिए कारबाही हुने

काठमाडौ – निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गर्न बसेको बैठकले प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय...

विशेष महाधिवेशनको विरोधपछि शेखर कोइराला गगन नेतृत्वसँग सहमत

विराटनगर, माघ ७ – नेपाली कांग्रेसका नेता शेखर कोइराला, जो विशेष महाधिवेशनको विरोधमा थिए, अन्ततः...