News Portal

सद्भाव सहकारीद्वारा तीन नगरपालिका तथा प्रहरी र स्वास्थ्यकर्मीलाई सहयोग

हिमाली संचार संवाददाता
४७० पटक

रबिन्द्र बराल -बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रण तथा सहयोगका लागि रंगेली नगरपालिकामा रहेको सद्भाव बचत तथा ऋण सहकारी संस्थाले अाफ्नाे जिउ ज्यान घरपरिवार सबै छाडेर देश र जनाताकाे लागि दिनरात काम गर्ने संस्था हरुकाे उच्च मुल्यांकन गर्दे सद्भाव बचत तथा ऋण सहकारी रंगेली अस्पताल ,नेपाल प्रहरी र ससस्त्र प्रहरीहरुलाई संस्थाकाे तर्फबाट माक्र्स , साबुन , पन्जा र सेनिटाईजर हस्तान्तरण गरेको हाे ।

नेपाल सरकारले काेराेना भाईरस नियन्त्रणका लागि बैशाख १५ गतेसम्म लकडाउन लम्बिएपछि अहिले प्रहरीहरुले अाफ्नाे जिउ ज्यानकाे सुरक्षा गरेर देश र जनाताकाे निमित्त अहाेरात्र खटिने प्रसाशनलाई सहयोग गरेको सद्भाव बचत तथा ऋण सहकारी अध्यक्ष कमलेश्वर ठाकुर ले बताए ।

साेहि क्रममा उक्त संस्थाले रंगेली नगरपालिका चेक मार्फत लाई १५ हजार ५ सय ५१ रुपैयाँ समेत हस्तान्तरण गरिएको छ । अति बिपन्न तथा मज्दुरी गरेेर दैनिकी जीवन निर्वाह गर्ने सर्वसाधारणहरु बडि समस्यामा परे पछि उनीहरुका लागि केही मात्रामा राहत हाेस भन्ने उदेश्यले धनपालथान गाउँ पालिका र सुनवर्सि नगरपालिका लाई २ सय ५० केजि चामल , १५ केजि दाल २५ केजि नुन र १५ लिटर खाने तेल गरि दुवै नगरपालिकालाई ३२ हजार रुपैयाँ बराबरको सहयोग गरेकाे छ ।

कार्यक्रममा रंगेली नगरपालिकाका मेयर दिलिप बगडियालाई चेक हस्तान्तरण र सुनवर्सि नगरपालिकाका मेयर काली प्रसाद दास खाद्यान्नय तथा धनपालथानका बडा अध्यक्ष राेशन राजवंशीलाई खाद्यान्न र स्वास्थ्य सामाग्री सहित ६० हजारौं रुपैयाँ बराबरको हस्तान्तरण गरेकाेे संस्थाका सत्यनारायण सहनीले बताए ।

प्रतिकृया दिनुहोस्

४५ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

काठमाडौं उपत्यकामा हराएका ५० मोटरसाइकल र स्कुटर फेला, मालिकलाई फिर्ता

काठमाडौं, ७ माघ – काठमाडौं उपत्यकामा हराएका वा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर...

निर्वाचनको प्रचारमा सामाजिक सञ्जालको दुरुपयोग गरिए कारबाही हुने

काठमाडौ – निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गर्न बसेको बैठकले प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय...

विशेष महाधिवेशनको विरोधपछि शेखर कोइराला गगन नेतृत्वसँग सहमत

विराटनगर, माघ ७ – नेपाली कांग्रेसका नेता शेखर कोइराला, जो विशेष महाधिवेशनको विरोधमा थिए, अन्ततः...