News Portal

भोको पेट भर्ने ठाकुरबाबाका दुई युवाको उदारणीय अभियान

हिमाली संचार संवाददाता
८३३ पटक
वैशाख ७, २०७७ आइतबार

बर्दिया – बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर -६ का दुई युवाहरु यतिबेला भोको पेट भर्ने अभियानमा जुटेका छ्न। स्थानीय दुइ युवा बिशेश्वर ढकाल र बिकास केसिले लक डाउनका कारण बिपन्न घर धुरी जो साझ बिहान मजदुरी गरेर छाक टार्नेहरुको घरमा यतिबेला चुलो बाल्न समेत धौधौ परेको अबस्थामा उनिहरुलाई आफ्नो ब्यक्तिगत खर्चमा चामल दाल नुन साबुन र तेल बितरण गरेका छ्न।

यि दुइ युवाहरुले अहिलेसम्म ४८ घरधुरीलाई अतिआबस्यक खाद्यान्न सामाग्री सहयोग गरेका छ्न। यस्तै चिसापानी चेक पोस्ट, आम्बासा चेक पोस्ट, अस्थायी प्रहरी कार्यालय बकुवा, ठाकुरद्वारा प्रहरी कार्यलयमा सुरक्षामा खटिने सुरक्षाकर्मिलाई मास्क र डिटाेल साबुन समेत सहयोग गरेका छ्न।

वडा नम्बर -६ का ४८ धुरिलाइ प्रत्येकलाई ७ किलो चामल, डेड किलो दाल, १ लिटर तेल, १ पोका नुन र साबुन बितरण गरिएको हो। राहत पाउदा बिपन्न घरधुरीहरुको घरमा यतिबेला चुलो बलेको छ।

समाज सेवामा समर्पित उदार मनका धनी यि दुइ युवाहरुको यो सक्रियता र सहयोग धेरैका लागी प्रेरणा बन्न सक्छ।

बिशेश्वर ढकाल भन्नुहुन्छ आखिर मरेर साथमा लैजाने कसैले केहि होइन यस्तै बेलामा हो मनलाइ उदार बनाउने हाम्रो सानो सहयोगले कसैको भोको पेट भरिन्छ भने हामी यो अभियानलाइ सकेसम्म जारी राख्नेछौ।

प्रतिकृया दिनुहोस्

४५ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

काठमाडौं उपत्यकामा हराएका ५० मोटरसाइकल र स्कुटर फेला, मालिकलाई फिर्ता

काठमाडौं, ७ माघ – काठमाडौं उपत्यकामा हराएका वा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर...

निर्वाचनको प्रचारमा सामाजिक सञ्जालको दुरुपयोग गरिए कारबाही हुने

काठमाडौ – निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गर्न बसेको बैठकले प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय...

विशेष महाधिवेशनको विरोधपछि शेखर कोइराला गगन नेतृत्वसँग सहमत

विराटनगर, माघ ७ – नेपाली कांग्रेसका नेता शेखर कोइराला, जो विशेष महाधिवेशनको विरोधमा थिए, अन्ततः...