News Portal

भोको पेट भर्ने ठाकुरबाबाका दुई युवाको उदारणीय अभियान

हिमाली संचार संवाददाता
८९० पटक
वैशाख ७, २०७७ आइतबार

बर्दिया – बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर -६ का दुई युवाहरु यतिबेला भोको पेट भर्ने अभियानमा जुटेका छ्न। स्थानीय दुइ युवा बिशेश्वर ढकाल र बिकास केसिले लक डाउनका कारण बिपन्न घर धुरी जो साझ बिहान मजदुरी गरेर छाक टार्नेहरुको घरमा यतिबेला चुलो बाल्न समेत धौधौ परेको अबस्थामा उनिहरुलाई आफ्नो ब्यक्तिगत खर्चमा चामल दाल नुन साबुन र तेल बितरण गरेका छ्न।

यि दुइ युवाहरुले अहिलेसम्म ४८ घरधुरीलाई अतिआबस्यक खाद्यान्न सामाग्री सहयोग गरेका छ्न। यस्तै चिसापानी चेक पोस्ट, आम्बासा चेक पोस्ट, अस्थायी प्रहरी कार्यालय बकुवा, ठाकुरद्वारा प्रहरी कार्यलयमा सुरक्षामा खटिने सुरक्षाकर्मिलाई मास्क र डिटाेल साबुन समेत सहयोग गरेका छ्न।

वडा नम्बर -६ का ४८ धुरिलाइ प्रत्येकलाई ७ किलो चामल, डेड किलो दाल, १ लिटर तेल, १ पोका नुन र साबुन बितरण गरिएको हो। राहत पाउदा बिपन्न घरधुरीहरुको घरमा यतिबेला चुलो बलेको छ।

समाज सेवामा समर्पित उदार मनका धनी यि दुइ युवाहरुको यो सक्रियता र सहयोग धेरैका लागी प्रेरणा बन्न सक्छ।

बिशेश्वर ढकाल भन्नुहुन्छ आखिर मरेर साथमा लैजाने कसैले केहि होइन यस्तै बेलामा हो मनलाइ उदार बनाउने हाम्रो सानो सहयोगले कसैको भोको पेट भरिन्छ भने हामी यो अभियानलाइ सकेसम्म जारी राख्नेछौ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...