News Portal

लकडाउनका कारण खरबुजा खेतमै नष्ट

रबिन्द्र बराल 
५५१ पटक

मोरङ – कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनका कारण माेरङकाे रंगेली नगरपालिका ४ स्थित बक्राह खाेला र चिस्याङ खाेलाकाे बगरमा खरबुजा खेती २५ बर्ष देखि खेति गर्दाे आएका किसान मर्कामा परेका छन्।

लकडाउनका कारण रंगेलीका किसानले लगाएको २२ रुपैयाँ बिघामा उत्पादन गरेको खरबुजा बजार सम्म पुर्याउन नसक्दा खाेलाकै बगरमा कुहिने अवस्था आएको ४५ बर्षका किसान छितन मंन्डलले बताए।

रंगेली नगरपालिका ४ र ७ मा रहेको बक्राह र चिञ्याङ खाेलाकाे बगरमा किसानहरुले लाैका, फर्सी, काँक्रा, करेला, टमाटर समेत बालाैटे माटाेमा फलाउन सफल भएका छन।

तर केही साता अगाडि देखिकाे बिश्वब्यापी रुपमा काेराेना भाईरस तिव्र रुपमा फैलिएपछि नेपाल सरकारले पछिल्लो पटक लकडाउनकाे समय थप गरेसंगै किसानहरुले लगाएकाे तरकारी बालि र खरभुजा खेतमै कुहिने अवस्थामा पुगेको किसान भुपेन्द्र मंन्डलले बताए।

उनीहरुले मंसिर महिना देखि जेठ महिना सम्मकाे २२ बिघाकाे ८० हजार रुपैयाँ बराबर भाडा तिरेर उक्त खेती गर्दै आईरहेकाे उनीहरुले बताए।

बजारमा बिक्रीवितरण गर्ने लैजाउ भने सरकारले दिउँसो १२ बजे देखि ४ बजे सम्मकाे समय तय गरेता पनि किसानहरुले बजारमा बिक्री वितरणका लागि बजारसम्म पुर्‍याएता पनि खरिद गर्ने सर्वसाधारणहरु भने नआउने गरेकाे भुपेन्द्रले बताए।

जब ४ बज्न थाल्छ फेरि प्रहरीले समय सकियाे भन्दै बजारबाट खेदाउने गरेको र बिक्री नभएको लाैका, काक्रा, लगायतका सामाग्री गाई गाेरु लाई खुवाउन बाध्यता रहेको तीन जनाले संयुक्तरूपमा २२ बिघामा लगाएको खरबुजा यसबेला पाकेर बेच्ने समयमा भएता पनि यातायात सन्चालन नहुदा र बजार बन्द हुँदा करिब रु १८ लाख बराबरको खरबुजा खेतमै कुहिने अवस्थामा पुगेको शिव चरण मंन्डलले बताए।

खरबुजा खेती गर्न बैंकबाट ६ लाख ऋण लिएकाेे र अहिले बजारमा खरभुजा बिक्री गरेर बैंककाे ऋण र ब्याज तिर्न गरेको भएता पनि अहिले लकडाउनका कारण समस्या परेको छितनले बताए।

लकडाउन अझै थपिए आफूहरुले उत्पादन गरेको खरबुजा लगायतका तरकारी बजारसम्म लैजाने वातावरण बनाइदिन सरकारसँग माग समेत गरेको छ। यस क्षेत्रमा उत्पादन भएको खरबुजा स्थानीय बजार सहित बिराटनगर, कर्सिया, दाेहमना, इटहरी, ईनरुवा घरान लगायतका स्थानहरुमा लैजाने गरेका थिए।

ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहालका अनुसार खरभुजा बिक्री वितरणका लागि आफुले किसानलाई सहयोग गरेर बिराटनगर सम्म लैजानका लागि सहयोग गर्ने जनाएका छन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...