News Portal

लकडाउनका कारण खरबुजा खेतमै नष्ट

रबिन्द्र बराल 
६०८ पटक

मोरङ – कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनका कारण माेरङकाे रंगेली नगरपालिका ४ स्थित बक्राह खाेला र चिस्याङ खाेलाकाे बगरमा खरबुजा खेती २५ बर्ष देखि खेति गर्दाे आएका किसान मर्कामा परेका छन्।

लकडाउनका कारण रंगेलीका किसानले लगाएको २२ रुपैयाँ बिघामा उत्पादन गरेको खरबुजा बजार सम्म पुर्याउन नसक्दा खाेलाकै बगरमा कुहिने अवस्था आएको ४५ बर्षका किसान छितन मंन्डलले बताए।

रंगेली नगरपालिका ४ र ७ मा रहेको बक्राह र चिञ्याङ खाेलाकाे बगरमा किसानहरुले लाैका, फर्सी, काँक्रा, करेला, टमाटर समेत बालाैटे माटाेमा फलाउन सफल भएका छन।

तर केही साता अगाडि देखिकाे बिश्वब्यापी रुपमा काेराेना भाईरस तिव्र रुपमा फैलिएपछि नेपाल सरकारले पछिल्लो पटक लकडाउनकाे समय थप गरेसंगै किसानहरुले लगाएकाे तरकारी बालि र खरभुजा खेतमै कुहिने अवस्थामा पुगेको किसान भुपेन्द्र मंन्डलले बताए।

उनीहरुले मंसिर महिना देखि जेठ महिना सम्मकाे २२ बिघाकाे ८० हजार रुपैयाँ बराबर भाडा तिरेर उक्त खेती गर्दै आईरहेकाे उनीहरुले बताए।

बजारमा बिक्रीवितरण गर्ने लैजाउ भने सरकारले दिउँसो १२ बजे देखि ४ बजे सम्मकाे समय तय गरेता पनि किसानहरुले बजारमा बिक्री वितरणका लागि बजारसम्म पुर्‍याएता पनि खरिद गर्ने सर्वसाधारणहरु भने नआउने गरेकाे भुपेन्द्रले बताए।

जब ४ बज्न थाल्छ फेरि प्रहरीले समय सकियाे भन्दै बजारबाट खेदाउने गरेको र बिक्री नभएको लाैका, काक्रा, लगायतका सामाग्री गाई गाेरु लाई खुवाउन बाध्यता रहेको तीन जनाले संयुक्तरूपमा २२ बिघामा लगाएको खरबुजा यसबेला पाकेर बेच्ने समयमा भएता पनि यातायात सन्चालन नहुदा र बजार बन्द हुँदा करिब रु १८ लाख बराबरको खरबुजा खेतमै कुहिने अवस्थामा पुगेको शिव चरण मंन्डलले बताए।

खरबुजा खेती गर्न बैंकबाट ६ लाख ऋण लिएकाेे र अहिले बजारमा खरभुजा बिक्री गरेर बैंककाे ऋण र ब्याज तिर्न गरेको भएता पनि अहिले लकडाउनका कारण समस्या परेको छितनले बताए।

लकडाउन अझै थपिए आफूहरुले उत्पादन गरेको खरबुजा लगायतका तरकारी बजारसम्म लैजाने वातावरण बनाइदिन सरकारसँग माग समेत गरेको छ। यस क्षेत्रमा उत्पादन भएको खरबुजा स्थानीय बजार सहित बिराटनगर, कर्सिया, दाेहमना, इटहरी, ईनरुवा घरान लगायतका स्थानहरुमा लैजाने गरेका थिए।

ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहालका अनुसार खरभुजा बिक्री वितरणका लागि आफुले किसानलाई सहयोग गरेर बिराटनगर सम्म लैजानका लागि सहयोग गर्ने जनाएका छन।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...