News Portal

  • भुवनसिंह विश्वकर्माको संयोजकत्वमा सामाजिक कल्याण कोष स्थापना गरी राहत वितरण

    हिमाली संचार संवाददाता
    १५१३ पटक
    बैशाख ४ गते २०७७

    बाग्लुङ्ग –बाग्लुङ्ग नगरपालिका वाड नं. १४ नारायणस्थान सुनार टोल समाज सेवाका लागि भूवनसिंह विश्वकर्माको संयोजकत्वमा सामाजिक कल्याण कोष स्थापना गरी राहत वितरण गरेको छ। कल्याण कोषले विश्व नै कोरोना भाईरसको महामारीमा गुज्रिरहेको अवस्थामा जनमानसमा एककिसिमको त्रास, चिन्ता, निरुत्साहित समाजमा रहेको अबस्थामा गरिब, वित्पन्न परिवारलाई राहत वितरण गरेको हो।

    अर्न्टाकटिका महादेशमा पुग्ने पहिलो नेपाली तथा राष्ट्रको उच्च सम्मान प्रसिद्ध प्रवल गोरखा दक्षिण वाहुद्वारा विभूषित कोषका प्रमुख सल्लाहकार भुवनसिंह बिश्वकर्माको संयोजकत्वमा कल्याण कोष स्थापना गरी उक्त गाउदेखि देश, बिदेशमा रहेका गोत्रिय-गोतामे दाजुभाईहरुलाई समन्वयन गरेर कोषमा आर्थिक संकलन गर्दै कोषमा आबद्ध सम्पूर्ण सदस्यहरुको निर्णय बमोजिम यस ‘कोभिड-१९’ को महामारीबाट आफ्नै टोल छिमेक र समाजमा पर्न गएको अप्ठ्यारामा दैनिक उपभोग्य खाध सामाग्री कोषका प्रमुख सल्लाहकार एवम् संयोजकको निर्देशनमा स्थानीय जनप्रतिनिधि वडा अध्यक्ष चक्रबहादुर खत्रीलाई जानकारी गरी समाजका जेष्ठ नागरिकहरुको बिशेष उपस्थितिमा वित्पन्न १५ धर परिवारलाई खाधन्न सामाग्री वितरण गरेको हो। आवश्यकता अनुसार पुन: सहयोग गर्ने कोषका सहसंयोजक सुरेश सिंह सुनारले हिमाली संचारलाई बताए। समाजमा रहेका विभिन्न समस्याहरुको समाधान उक्त कोष मार्फत गर्ने उद्देश्य रहेको पनि जानकारी दिएका छन्। 

    धार्मिक, सांस्कृतिक, शैक्षिक, स्वास्थ्य लगायत विविध क्षेत्रहरूमा सानो तथा संकुचित मात्रामा भए पनि टेवा पुगोस भन्ने उदेश्य लिएका कोषले “एकता नै बल हो” भन्ने नारा सहित कोषले अभियान चलाएको हो। कोषले आर्थिक मजबुद बनाउनका लागि प्रत्येक सदस्यलाई रु.५ हजार अनिवार्य गरेको छ । कोषले स्वेच्छिक तरिकाले बृहत् आर्थिक संकलन गर्नका लागि ७ जना विशेष सहयोगी दाता तोकेर सहयोग संकलन गरेको छ। 

    कोषका संयोजक भुवनसिंह बिश्वकर्मा रु. १० हजार, भूतपूर्व ब्रिटिश आर्मी चन्द्र बहादुर सुनार रु. ५० हजार,  ब्रिटिश आर्मी कृष्ण सुनार रु. ३० हजार हाल बेलायत, सुरेशसिंह सुनार रु. १५ हजार हाल मकाउ, लालबहादुर सुनार रु.२० हजार, ‘विसान’ दिनेश सुनार रु. ८ हजार हाल भारत, चन्द्रबहादुर सुनार रु.५ हजार ५ सय ५५ साथै कोषमा अनिवार्य रु ५ हजार सहयोग गर्ने सहयोगी दाताहरुको नामावली: रमेश सुनार, शिबबहादुर सुनार, करणबहादुर सुनार, हरीबहादुर सुनार, गणेशबहादुर सुनार, बाबुराम सुनार, मेघनाथ सुनार, गंगा बहादुर सुनार, दिपक सुनार, भक्तबहादुर सुनार, गणेश सुनार, लक्ष्मीदेवी सुनार, प्रेमबहादुर सुनार, विजय सुनार रहेका छन्। 

    कल्याणकारी कोष कार्यक्रमको अवधारणा सह-संयोजक सुरेश सिंह सुनारले ल्याएको भए पनि सदस्य भक्तबहादुर सुनार, गणेश सुनार, चुर्णबहादुर सुनार लगायतको महत्वपूर्ण भूमिका रहेको पनि कोषले जनाएको छ। त्यस्तै, अन्य सदस्य तथा परिवारहरु छुटेका भए कोषमा आबद्ध हुन आग्रह समेत गरेका छन्। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई ‘ग्लोबल हिरो अवार्ड २०२५’ प्रदान गरिने

    काठमाडौँ, साउन २ – नेपालका दुई चर्चित व्यक्तित्व—सामाजिक अभियानमा क्रियाशील राप्रपा नेता ज्ञानेन्द्र शाही र...

    शनिबार रातिदेखि देशभर मनसुनी वर्षा तीव्र हुने, ३६ जिल्लामा बाढीको जोखिम

    काठमाडौं, साउन २ – शनिबार रातिदेखि नेपालभर मनसुन सक्रिय हुँदै अत्यधिक वर्षा हुने जल तथा...

    आलममाथि पुनः कानुनी घेराबन्दी : सर्वोच्चले के फैसला गर्ला?

    काठमाडौं, साउन २ – नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने उच्च...

    विराटनगरको प्रहरी कार्यालयमै तीन श्रमिकमाथि निर्घात कुटपिट, एकजना गम्भीर घाइते

    विराटनगर, साउन २ – मोरङको रानीस्थित इलाका प्रहरी कार्यालयभित्रै तीन जना श्रमिकमाथि भएको कुटपिटको घटनाले...

    धरहरा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म खुला, ५ करोड नजिक आम्दानी

    काठमाडौं, साउन २ – काठमाडौंको ऐतिहासिक चिनारीका रूपमा रहेको सुन्धारास्थित धरहरा अब प्रत्येक दिन बिहान...