News Portal

त्रिभुवन विमानस्थलमा हवाई यात्रुबाहेक अन्यलाई प्रवेश निषेध

हिमाली संचार संवाददाता
६६५ पटक

काठमाडौं – त्रिभुवन विमानस्थलमा हवाई यात्रुबाहेक अन्यलाई प्रवेश गर्न निषेध गरिएको छ । विमानस्थलमा एक्लै जान सक्षम रहेका व्यक्तिलाई साथमा अन्य आफन्त तथा साथिभाई लिएर नआउन विमानस्थल प्रशासनले आग्रह गरेको छ ।

बिमस्टेक सम्मेलनको पाहुनाको आवागमन र सुरक्षालाई ध्यानमा राख्दै यात्रुबाहेकका व्यक्तिलाई प्रवेश निषेध गरिएको हो । एक्लै जान असक्षम रहेका यात्रुले एकजनासम्म सहयेगी मात्र भित्र लिएर जान सक्नेछन् ।

विमानस्थलमा प्रवेश गर्ने यात्रुको गोल्डेन गेटमै कडा सुरक्षा जाँच गरिनेछ । अत्यावश्यक कारणले भित्र प्रवेश गरेका व्यक्तिले पनि १०-१५ मिनेटभित्रै विमानस्थल छोड्नुपर्ने प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए ।

भाडाका ट्याक्सीलाई पनि विमानस्थलको गोल्डेन गेटभित्र प्रवेश गर्न पनि निषेध गरिएको छ । निजी सवारी लिएर जानेले पनि यात्रु छाडेर सिधै फर्किनुपर्नेछ।विमानस्थलभित्र प्रवेश अनुमति पास भएकाहरुको हकमा यो नियम लागू नहुने विमानस्थलले जनाएको छ ।

होटल, ट्राभल लगायतका गाडीलाई पनि ५ देखि १० मिनेटभित्र यात्रु लिएर विमानस्थलबाट गइसक्नुपर्ने नियम बनाइएको छ । (अनलाइनखबर)

प्रतिकृया दिनुहोस्

एमाले उपमहासचिव ज्ञवाली भृकुटीमण्डपबाट रुँदै फर्किए, केवल केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं, १ पुष – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा नाम...

एमाले महाधिवेशन: मतदान सुरु, भोलि दिउँसो नयाँ नेतृत्व सार्वजनिक हुने

काठमाडौँ, पुस १ –  नेकपा एमालेको नेतृत्व छनोटका लागि मंगलबार अपराह्न ४ बजेदेखि भोटिङ सुरु भएको...

धनगढीमा समाचार संकलनका क्रममा पत्रकारमाथि दुर्व्यवहार, कारबाहीको माग

धनगढी, पुस १ – धनगढीमा समाचार संकलन गरिरहेकी पत्रकार रमा चन्दमाथि भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार...

चुनावी सुरक्षा मूल्यांकन: दल र जेनजी समूहबीचको सम्भावित झडप मुख्य चुनौती

काठमाडौं, पुस १ – प्रतिनिधिसभा निर्वाचन २१ फागुनमा सम्पन्न गर्न सकिने विषयमा सुरक्षा निकायले गृह...

देउवा–कोइराला भेट: नम्बरविहीन फारमले महाधिवेशन प्रक्रिया अघि बढ्न नसक्ने चेतावनी

काठमाडौं, पुष १ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच भेटवार्ता भएको...