News Portal

  • “भोला पासवान र पहाडको बाँटो!” कवि: ऋषी राई (अज्ञात)

    कवि “अज्ञात” ऋषी राई
    ३५२ पटक
    बैशाख ४ गत्ते २०७७

     

    तराईको ईटाभन्दा राम्रा पहाडका चप्लेटी ढुंगाहरु 

    तराईको सालभन्दा बलिया सल्लाका चिरानी काठहरु 

    ढुंगा , माटो , काठ सबै सबैमा सिप खिपेर 

    कहिं स्कूलको भवन , कहिं हाईड्रोपावर 

    कतै ठूला महल , त कतै भुईचाँलोले भत्काएको छाप्रो 

    सबै सबैलाई जोडेर चटक्क एउटा संरचना दिने 

    भोला पासवान र उसका साथीहरु 

    आज त्यहि पहाड छाडेर पैदल भागिरहेछन् देहातबाट ।

     

     

    सकिन लागेको चिउराको पोका ,

    कुच्चिएको डिउको थोत्रो बोतलको पानी 

    बोरामा भिर्ने लगाएको झोला 

    कहिले खोला खोल्सी कहिंले जंगलमै बास बसेर 

    सातौं दिन पनि फन्को लाईरहेछन् 

    पहाडको बाटो ।।

     

     

    अनेकन सरकारका पालिकाहरु काट्दै काट्दै 

    पहाडे दाजुले दिुनभएको कागजको नक्सा बोकेर 

    मिस्त्री भोला पासवान गाउँकै लेबरहरुलाई पछि लाएर 

    अपरिचितलाई प्रवेश निषेध लेखिएको धेरै गाउँहरु नमस्ते गरेर काटिरहेछ 

    धेरै पालिकासँग राहत माग्न ऊ र उसका साथीहरु नगएका पनि होईनन्

    न उसले पालिका प्रमुख भेटन् पायो , न राहत नै पायो 

    त्यहाँ उसले बुझेको भनेको पालिकामा अस्ति भर्खर चुनाबपछी 

    आएको पालिका प्रमुखको आफन्त पिएले 

    हप्काएपछी फर्किनु पर्छ रित्तो हात 

    नभए एसएलसी पनि राम्रो पास नगरी 

    सोर्स लाएर छिरेको कर्मचारीको हातमा पालिका छ ।

    उसले झनै क्वारेन्टाईनमा हाल्न बेर लाउँदैन् ।

     

     

    आज पहाडको कान्लाको ट्याक्टर उसलाई जहाज जतिकै छ

    उसले घरको साईकल पनि सम्भ्mयो 

    र आज आठौं दिन भज्ञ्याङ्गबाट तल तराई देखियो 

    सुन्निएका खुट्टामा पनि अझ साहस पलायो 

    श्रीमति झुमरतियाले माछा मारी होली घुंगी टिपी होली 

    पकाई होली र अबेर सम्म पर्खी होला 

    र फेरी छोपी होली र झुण्ड्याईहोली सिकमा ।

     

     

    सबै सबै सम्झेर खुसी मन फेरी एकमुट्ठी 

    चिउरा चपाएर , ओरालो लागिरहेछन् 

    भोला पासवान र उसका साथीहरु 

    सोचिरहेछन् यो देशमा मजदुरले भोकै मर्नुभन्दा 

    बरु कोरोनाले मर्न पाए कम्तीमा 

    भोकले भर्नेको सन्तान भनेर पुस्तैभरी खिसी टिउरी सहनुभन्दा

    रोगले मरेको भनेर प्रोत्साहन पाउँथे होला ।।

     

     

    मनमा अनेकन आशा निराशा 

    साथमा गाउँले भाईहरुको भरोसा 

    बाकेर पहाडको बाटो छिचौल्दैछन् 

    अहिलेपनि थुप्रै थुप्रै भोला पासवान र उसका साथी ।।

    कटारी, उदयपुर 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ ९ को राशिफल

    आज भदौ ९, २०८२ (अगस्त २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    तीजमा पशुपतिनाथका सबै ढोका खुला, दर्शन र सुरक्षामा विशेष व्यवस्था

    काठमाडौं, भदौ ८ – हरितालिका तीजको अवसरमा पशुपति क्षेत्र विकास कोषले भक्तजनलाई सहज रूपमा मन्दिर...

    बजार जान निस्केकी रुबी सुटकेसभित्र मृत भेटिइन्, आमासँगको अन्तिम संवाद यस्तो

    रौतहट, भदौ ८ – माधव नारायण नगरपालिका–२ कि २६ वर्षीया रुबीकुमारी साह शनिबार साँझ बजार...

    महेन्द्रनगरका विपिन जोशीकी आमा–बहिनीले राष्ट्रपति पौडेलसँग भेटे

    काठमाडौँ, भदौ ८ – प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विद्यार्थी विपिन जोशीको रिहाइको माग...

    स्काइ ड्रिम इन्टरप्रेनर्सका संचालक र कर्मचारी पुर्पक्षका लागि थुनामा

    सुर्खेत, भदौ ८ – सुर्खेतमा अवैध नेटवर्किङ व्यवसाय सञ्चालन गरेको आरोपमा *स्काइ ड्रिम इन्टरप्रेनर्स प्रा.लि.*का...