News Portal

धादिङको गंगाजमुनाकि सबिना बिकको उपचारमा समस्या, सहयाेगका लागि अपिल

हिमाली संचार संवाददाता
१४०५ पटक

काठमाडौं – धादिङ जिल्लाको गंगा जमुना गाउँपालिका वडा नं. ५ का धन बहादुर बिककी बहिनी ४६ बर्षिया सबिना बिक बिगत १२ वर्षदेखि श्रीमानबाट कुनैपनि सहयोग नपाएपछि २ छोरा र १ छोरीसहित माइतीघरमा रहदै आएकि छन।

मजदुरी गरेर गुजारा चलाईरहेकि सबिना अहिले गम्भीर बिरामी भएर काठमाडौंमा उपचार गराईरहेकी छन। उनको उपचारका लागि रकम अभाव भएकोले उपचार गराउन समस्या भएको सबिनाका आफन्त राजु  बिकले हिमालीसंचारलाई बताए।

यहि बैशाख २ गते विहानको करिब ४ बजे बेहोश भई एम्बुलेन्सद्वारा काठमाडौँ ल्याई गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा भर्ना गराईएको थियोे। डाक्टरले उच्च रक्तचापका कारण मस्तिस्कमा रक्त श्राब भएको जानकारी गराएपछी अहिले टिचिङ अस्पताल रिफर गरेको र सोही दिन टिचिङले पनि वीर अस्पताल रिफर गरि राती १:३० बजे सम्ममा टाउकोको अप्रेसन गरिएको भएपनी उनको हालसम्म होस नखुलेको उनका आफन्त धन बिकले बताए।

उनका दाई धन बिकले देश तथा बिदेशमा रहेका सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई सहयोगका लागि अनुरोध गरेका छन। सहयोग गर्न चाहने मनकारी संघसंस्था वा ब्यक्तिहरुले तल राखिएको धन बिकको मोबाईल नम्बरमा सम्पर्क गरि सहयोग गर्न सकिने छ।

सम्पर्क
धन बिक – ९८४०२३७२९९

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...