News Portal

धादिङको गंगाजमुनाकि सबिना बिकको उपचारमा समस्या, सहयाेगका लागि अपिल

हिमाली संचार संवाददाता
१३३९ पटक

काठमाडौं – धादिङ जिल्लाको गंगा जमुना गाउँपालिका वडा नं. ५ का धन बहादुर बिककी बहिनी ४६ बर्षिया सबिना बिक बिगत १२ वर्षदेखि श्रीमानबाट कुनैपनि सहयोग नपाएपछि २ छोरा र १ छोरीसहित माइतीघरमा रहदै आएकि छन।

मजदुरी गरेर गुजारा चलाईरहेकि सबिना अहिले गम्भीर बिरामी भएर काठमाडौंमा उपचार गराईरहेकी छन। उनको उपचारका लागि रकम अभाव भएकोले उपचार गराउन समस्या भएको सबिनाका आफन्त राजु  बिकले हिमालीसंचारलाई बताए।

यहि बैशाख २ गते विहानको करिब ४ बजे बेहोश भई एम्बुलेन्सद्वारा काठमाडौँ ल्याई गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा भर्ना गराईएको थियोे। डाक्टरले उच्च रक्तचापका कारण मस्तिस्कमा रक्त श्राब भएको जानकारी गराएपछी अहिले टिचिङ अस्पताल रिफर गरेको र सोही दिन टिचिङले पनि वीर अस्पताल रिफर गरि राती १:३० बजे सम्ममा टाउकोको अप्रेसन गरिएको भएपनी उनको हालसम्म होस नखुलेको उनका आफन्त धन बिकले बताए।

उनका दाई धन बिकले देश तथा बिदेशमा रहेका सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई सहयोगका लागि अनुरोध गरेका छन। सहयोग गर्न चाहने मनकारी संघसंस्था वा ब्यक्तिहरुले तल राखिएको धन बिकको मोबाईल नम्बरमा सम्पर्क गरि सहयोग गर्न सकिने छ।

सम्पर्क
धन बिक – ९८४०२३७२९९

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...