News Portal

महर्षि मेंहीं कृषि सहकारीद्वारा स्वास्थ्य सामाग्री सहित रंगेली नगरपालिकालाई नगद हस्तान्तरण

हिमाली संचार संवाददाता
३२२ पटक

रबिन्द्र बराल -बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रण तथा सहयोगका लागि रंगेली नगरपालिकामा रहेको महर्षि मेंहीं कृषि सहकारी संस्थाले अस्पताल ,ईलाका प्रहरी कार्यलय र ससस्त्र प्रहरीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको । अाफ्नाे जिउ ज्यान घरपरिवार सबै छाडेर देश र जनाता काे लागि दिनरात काम गर्ने संस्था हरुकाे उच्च मुल्यांकन गर्दे महर्षि मेंहीं कृषि सहकारी रंगेली अस्पताल ,नेपाल प्रहरी र ससस्त्र प्रहरीहरुलाई संस्थाकाे तर्फबाट माक्र्स २ सय पिस साबुन ३० पिस र पन्जा एक सय पिस का दरले हस्तान्तरण गरेको हाे ।

नेपाल सरकारले काेराेना भाईरस नियन्त्रणका लागि लकडाउन को समय बैशाख ३ गतेसम्म लम्बिए पछि अहिले अाफु हरु जिउकाे सुरक्षा गरेर देश र जनाता काे निमित्त अहाेरात्र खटिने प्रसाशन हरु लाई सहयोग गरेको महर्षि मेंहीं कृषि सहकारी अध्यक्ष अशेश्वर साह ले बताए । साेहि क्रममा उक्त संस्थाले रंगेली नगरपालिका लाई ११ हजार रुपैयाँ समेत हस्तान्तरण गरिएको संस्था का उपाध्यक्ष अबिषेक अधिकारी ले बताए । अति बिपन्न तथा मज्दुरी गरेेर दैनिकी जीवन निर्वाह गर्ने सर्वसाधारण हरु बडि समस्यामा परे पछि उनी हरु का लागि केही मात्रामा राहत हाेस भन्ने उदेश्य ले सहकारी ले नगरपालिका लाई राहत स्वरुप नगद ११ हजार रुपैयाँ राहत काेेषमा जम्मा गराएको छ । अहिले गाउँ घरमा रहेका अति विपन्न घरपरिवार हरुलाई हातमुख जाेडन समस्या परेको हुनाले उक्त संस्थाले बिपत काेषमा नगद ११ हजार रुपैयाँ नगरपालिका का मेयर दिलिप बगडिया लाई हस्तान्तरण गरिएको संस्था का सचिव अमित कुुुमार ले यादव ले बताए । यसरी यस सहकारी ले यस्तो अापतकाे घडिमा राहत काेषमा रकम जम्मा गराएको मा मेयर ले संस्थालाई धन्यवाद समेत दिएका छन ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...