News Portal

शारिरिक आपङ्गता भएकी एकल बृद्धालाई राहतनै नदिई फर्काइदिए

हिमाली संचार संवाददाता
४४७ पटक

पथरी -संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राहत वितरण लागि जारी गरेको परिपत्रको खिल्ली उडादै राहत वितरण कार्य गरेका पथरी शनिश्चरे ४ का वडाध्यक्षले शारिरिक रुपमा अशक्त रहेकी एक बृद्धालाई रित्तो हात फर्काएका छन् ।

गत मंगलवार वडा नम्वर ४ ले लकडाउनको पिडामा रहेका ज्याला मजदुरी गरि जिवीको पार्जन गर्ने आफ्ना नगरीकलाई राहत वितरण गरेको थियो ।
वडाले वितरण गरेको राहत लिन पुगेकी एक शारिरिक रुपमा आपङ्गता भएकी एकल ६८ वर्षीय वृद्धा गोमादेवी थापालाई वडा अध्यक्ष गोविन्द भण्डारीले बृद्ध भत्ता आउछ राहत पाईदैन भन्दै फर्काको लकडाउन पिडित वृद्धाले बताईन ।

पिडित वृद्धालाई हामीले राहत वाडेको समयमा तपाई गएर राहत माग गर्नु भएन? भनेर प्रश्न गर्दा उहाँको प्रतिक्रिया यस्तो आयो जुन हामीले यहाँ जस्ताको तस्तै राखेका छौँ–“हैन जान त गए ऽऽऽऽ बृद्ध भत्ता पाउनेले रासिन पानी पाँउदैन ऽऽऽऽ अँ ऽऽऽऽ जा दिन्न भनेर ३ चोटी सम्म त्यसो भनेपछि आँ मत बृद्ध भएत नपाउने पो रैछु भनेर मत घर फर्किएर आए”।
३ भाई छोरा र १ वहिनी छोरीकी आमा विगत सात वर्ष देखि एकल जिवन विताउदै आउनु भएको हो ।

२०५१ साल देखी श्रीमान बेप्पता भएपछि छोराछोरीको साहारामा जिवन व्यातित गर्दै आउनु भएकी उहाँ छोराछोरी लाखापाखा लागेपछि वृद्धा अवस्थामा एक्लै हुनुभएको छ ।
हामीले उहाँलाई सारोगारोमा छोराछोरी कस्ले हेरचाह गर्छ भनेर सोध्दा उहाँ यसो भन्नुहुन्छ–“एउटा छोरा अहिले सम्म वेप्पता छ, एउटा ईन्डिया तिर गएको छ कमाई खान, ६ वर्ष भयो अहिले सम्म घर फर्केर आएको छैन, अर्को छोरा काठमान्डौ– विराटनगर गर्छ । आफुत यता विरामी पनि छु जिउ लगलग काम्छ केहिको भर छैन हातको, छोराहरुले दिने गरेका छैनन् विदेशमा रहेकी छोरीले हेर्ने गरेको छे त्यो पनि काम रोकीयो अँ के खादैछे के गर्दैछे त्यसै मन पोल्छ ।

एक ६८ वर्षीय बृद्धाले आफुले राहत नपाएको गुनासो यसरी पोखेपछि हामीले सो विषयमा वडाअध्यक्ष भण्डारीलाई बृद्धालाई तपाईले बृद्धालाई फर्काउनु भएको हो? भनेर प्रश्न गर्दा भण्डारी भन्नुहुन्छ–“मलाई थाहा छैन त्यो वडा सदस्यलाई फोन गरेर सोध्नु न म नम्वर दिन्छु”। “नाम टिप्ने वडा सदस्य हो मैले त्यो आमोइलाई फर्काएको छैन।” भनेर गैह्रजिम्मेवार जवाफ फर्काउनु भयो ।

हामीले यस विषयमा थप जानकारी लिनका लागि नगर उप–प्रमुख तथा राहत व्यावस्थापन तथा वितरण समिति संयोजक यमुना विष्टलाई राहत वितरणको प्राथमिकता के हो ? भन्ने प्रश्नमा विष्ट भन्नुहुन्छ–लकडाउनमा परेका दैनिक ज्याला मजदुरी गरेरे जिविको पार्जन गर्ने नगरवासी र गैह्रनगरवासी जो लकडाउनमा परेका छन् उनिहरु भोकै नहुन भनेर राहत वितरण गरिएको हो । बृद्धभत्ता आउछ भन्दैमा यो लकडाउनको समयमा राहत दिन्न भन्न मिल्दैन।

विश्वव्यापी रुपमा फैलिएको कोरोनाको प्रभाव नेपालमा पनि परे सगै अहिले पुरै देश लकडाउनमा रहेको छ । यसको ठुलो असर दैनिक रुपमा ज्याला मजदुरी गरि जिविको पार्जन गर्ने समुहलाई परेको छ ।
त्यसमा पनि एकल महिला, शरिरिक आपङ्गता, भएका बेसहारा बृद्धबृद्धाहरुलाई यो लकडाउन कोरोना भन्दा पनि सकस वनेको छ ।
ईतिहासमै पहिलो पटक कोरोना संक्रमणका कारण आम सर्वसाधरण घरमै वन्दी जिवन विताउन वाध्य भएका छन् । यस्तो बेला निर्वाचित भएर आएका जनप्रतिनिधिहरुको भुमिका भनेको अभिभावकीय हुनुपर्नेमा अध्यक्षको भुमिका भने पक्षपाती देखिएको स्थानियहरले बताएका छन् ।

वडामा राहत वितरण गर्नका लागि ४ वटा केन्द्रमा विभाजन गरिएको थियो । जनकल्याण आधारभूत विद्यालयमा राहतका अपराह्न तिर सामाग्री झरेको स्थानीयहरुले बताए ।

प्रतिकृया दिनुहोस्

४५ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

काठमाडौं उपत्यकामा हराएका ५० मोटरसाइकल र स्कुटर फेला, मालिकलाई फिर्ता

काठमाडौं, ७ माघ – काठमाडौं उपत्यकामा हराएका वा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर...

निर्वाचनको प्रचारमा सामाजिक सञ्जालको दुरुपयोग गरिए कारबाही हुने

काठमाडौ – निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गर्न बसेको बैठकले प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय...

विशेष महाधिवेशनको विरोधपछि शेखर कोइराला गगन नेतृत्वसँग सहमत

विराटनगर, माघ ७ – नेपाली कांग्रेसका नेता शेखर कोइराला, जो विशेष महाधिवेशनको विरोधमा थिए, अन्ततः...